सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • उप्किएको रोड देखाउँदै अध्यक्षले दिए कडा चुनौती: इन्टरनेटमा भाइरल पिच रोड (भिडियो)

उप्किएको रोड देखाउँदै अध्यक्षले दिए कडा चुनौती: इन्टरनेटमा भाइरल पिच रोड (भिडियो)

8075
Shares
उप्किएको रोड देखाउँदै अध्यक्षले दिए कडा चुनौती:  इन्टरनेटमा भाइरल पिच रोड (भिडियो)

धुलिखेल नगरपालिकामा भट्टे डाँडा र काभ्रे भन्ज्याङ्ग जोडिने रोड पिच गरिएको छ। १५ दिन नबित्दै रोडबाट अलकत्रा उकिन थालेको भिडियो केहि दिन अघि भाइरल भएको थियो। यद्दपी धुलिखेल नगरपालिका काभ्रे भन्ज्याङ्गका सडक स्तर उन्नति उपभोक्ता समितिका अध्यक्ष राम लामाले भने उक्त भिडियोमा कुनै सत्यता नभएको बताएका छन्।

दक्ष इन्जिनियरबाट परामर्श लिएर नै पिच गरिएको राम लामाको भनाई छ। पिच गरिएको सडक उकिएको भनेर पत्रकारले गलत भिडियो बनाएको उनले बताए। उनले भने, ‘२० मिलिमिटर जति पिच गरेको १५ दिन भयो। जहाँ पिच टुंगिन्छ त्यहाँ आलो नै छ। त्यही ठाउँमा पत्रकारले बल गरी उकाउनु भनेका थिए। तर यदी यस पिच सडकमा गरिएको पिच कसैले उकाएर उकिएमा म आफै कालो मोसो दलेर हिड्छु।’

उनको अनुसार, ९३ लाखको बजेटमा उक्त सडक खण्ड बनिरहेको छ। उनले बनिरहेको पिच सडक कुनै पनि हालतमा नबिग्रने ग्यारेन्टी दिने दावी गरेका छन्। नेपाली कांग्रेसमा आबद्ध दिपेश श्रेष्ठले मजदुर लगाएर पिच रोड उकाएको र अपाह्वा फैलाउने भिडियो भाइरल गर्न मद्दत गरेको उनको आरोप छ। बाँकी हेर्नुहोस भिडियोमा…

8075
Shares

ट्रेन्डिङ