सबैको समाचार
बुधबार, असार ५, २०८१
  • होमपेज
  • फाइनल भयो ‘कबड्डी ३’ मा दयाहाङ, कर्म र उपासना

फाइनल भयो ‘कबड्डी ३’ मा दयाहाङ, कर्म र उपासना

6905
Shares
फाइनल भयो ‘कबड्डी ३’ मा दयाहाङ, कर्म र उपासना

झण्डै ३ महिनाअघि चलचित्र ‘कबड्डी ३’ को घोषणा गरिएको थियो । घोषणा गरिए पनि चलचित्रका पात्रहरु भने फाइनल भएका थिएनन् । एकताका अभिनेता प्रदिप खड्का चलचित्रमा रहने चर्चा समेत चलेको थियो । तर, प्रदिपले ‘कबड्डी ३’ मा आू उपलब्ध हुन नसक्ने बताएका थिए ।

अन्ततः ‘कबड्डी’ तेस्रो श्रृंखलाका रुपमा निर्माण हुनलागेको ‘कबड्डी ३’ मा अभिनय गर्ने कलाकारहरुको टुंगो लागेको छ । चलचित्रका लागि कलाकार फाइनल गरी कास्टलाई लिएर कार्यशालासमेत सुरु भइसकेको बताइएको छ । चलचित्रका लागि दयाहाङ राई, कर्म, विल्सनविक्रम राई र बुद्धि तामाङ फाइनल भइसकेका छन् । त्यससँगै फिमेल लिडका लागि ‘क्याप्टेन’ की अभिनेतृ उपासना सिंह ठकुरीलाई फाइनल गरिएको छ ।

अभिनेत्री ठकुरी हाल वर्कसपमा व्यस्त छिन् । चलचित्र मुस्ताङको सेरोफेरोमा केन्द्रित हुने बुझिएको छ । जेठदेखि छायांकनमा जाने भनिएको चलचित्रको छायांकन पोखरा, मुस्ताङ र अन्नपूर्ण आधार शिविर वरपर गर्ने तयारी गरिएको छ । सिनेमा आर्टको ब्यानरमा निर्माण हुने चलचित्रलाई रामबाबु गुरुङले बनाउन लागेका हुन् भनर् कथा तथा निर्देशन पनि गुरुङकाे नै रहनेछ ।

6905
Shares

ट्रेन्डिङ