काठमाडौं , मंसिर , २९ , नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सोमबार पनि केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेको छ ।
संस्थापन पक्षसँग वार्तापछि शीर्ष नेताहरुबीच भएको छलफलले बैठकमा नजाने निर्णय गरेको छ । पौडेल पक्षले दिउँसो तीन बजे आफ्नो पक्षको बैठक बोलाएको छ ।
त्यसपछि सोमबार विहान दुई पक्षको वार्ता समितिबीच कुराकानी भएको थियो । वार्ताका लागि उपसभापति विमलेन्द्र निधि पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारी पुगेका तिए ।
१४ औं महाधिवेशनको कार्यतालिकालाई पहिलो एजेण्डा बनाउनुपर्ने माग गर्दै पौडेल समूहले बिहीबारबाट सुरु भएको केन्द्रीय समितिको बैठक बहिस्कार गर्दै आएको छ ।