सबैको समाचार
शुक्रबार, कार्तिक ७, २०८३
  • होमपेज
  • ९ गते देखि १९ गते सम्म प्रथम बृहत सिन्धुली खुर्कोट महोत्सव हुँदै

९ गते देखि १९ गते सम्म प्रथम बृहत सिन्धुली खुर्कोट महोत्सव हुँदै

10025
Shares
९ गते देखि १९ गते सम्म प्रथम बृहत सिन्धुली खुर्कोट महोत्सव हुँदै
सिन्धुली , पुष , २ ,  पर्यटन वर्ष सफल बनाउन सिन्धुलीको खुर्कोटमा महोत्सव हुने भएको छ । खुर्कोटको दिगो विकास अर्थतन्त्रको आधार कृषि जलस्रोत पर्यटन र उद्योगको पूर्वाधार भन्ने नाराका साथ पर्यटन वर्ष २०२० लाई लक्षित गरी कृषि पर्यटन औद्योगिक साँस्कृतिक तथा जुनार महोत्सव हुने भएको हो ।

मेला पुष ९ गते देखि १९ गते सम्म ११ दिन सम्म खुर्कोट बजार नयाँ बसपार्कमा सञ्चालन हुने आयोजकले जनाएको छ ।खुर्कोट बजार ब्यवस्थापन संस्थाको आयोजनामा हुन् लागेको उक्त मेलामा गोलञ्जर गाउँपालिकाको संरक्षण रहेको छ भने मेलाको ब्यवस्थापन ममता केन्द्र नेपाल र जोडी इन्टरप्राईजेज प्रा.लिले गर्ने छन् ।

खुर्कोटका विभिन्न संघ संस्थाहरुले सहयोग गर्ने उक्त मेलामा एक लाख भन्दा बढिले अवलोकन गर्ने अपेक्षा राखिएको छ ।मेलामा विभिन्न ख्यातीप्राप्त कलाकारहरुबाट विभिन्न प्रस्तुती हुने ब्यवस्थापक ममता केन्द्र नेपालका अध्यक्ष संगम लामाले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक राष्ट्रिय ख्यातीप्राप्त कलाकारहरुबाट विभिन्न प्रस्तुती हुने छ । मेलामा नृत्य, स्टेज सो लगाएत विभिन्न गायकहरुले गीत गाउने छन् ।

यस्तै मेलामा मौतका कुवा, रोटे पिंग, ड्रागन, मिकि माउस लगाएत विभिन्न खेलहरुको पनि ब्यवस्था हुने अर्का ब्यवस्थापक जोडी इन्टरप्राईजेजका घनश्याम श्रेष्ठले जानकारी दिए।मेलामा विभिन्न एक सय भन्दा बढि स्टलहरु रहने जानकारी गराउँदै उहाँले दैनिक उपभोग्य समाग्रीहरु एकै स्थानमा उपलब्ध गराईने समेत जानकारी दिनुभयो । उहाँका अनुसार मेलामा २० प्रतिशत देखि ५० प्रतिशत सम्म विभिन्न छुटका साथ दैनिक उपाभोग्य सामग्री पाईने छन् ।

 

10025
Shares

ट्रेन्डिङ