सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • केपी ओलीले कानुन बनाएर जनताको अधिकार खोस्दै : गगन थापा

केपी ओलीले कानुन बनाएर जनताको अधिकार खोस्दै : गगन थापा

4645
Shares
केपी ओलीले कानुन बनाएर जनताको अधिकार खोस्दै : गगन थापा

काठ्माण्डौ,   पुस ८,   नेपाली कांग्रेसका सांसद तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले केपी ओली, पूर्व राजा ज्ञानेन्द्र शाहभन्दा खतरनाक भएको आरोप लगाएका छन् । ‘ओली राजा ज्ञानेन्द्र शाहभन्दा खतरनाक भए’, उनले भने, ‘बरु ज्ञानेन्द्र शाह यति धेरै खतरनाक देखिएका थिएनन् । शाही शासनभन्दा ओली शासन खतरनाक छ। शाहीकालमा ज्ञानेन्द्र राजाले कानुन नबनाएर उल्लंघन गरेको मात्र हो। तर, केपी ओलीले कानुन बनाएर जनताको अधिकार खोस्दै छन् ।

दुई तिहाईका दम्भले एकपछि अर्को कानुन बनाएर सरकारले जनताको अधिकार खोस्ने काम गरेको उनको आरोप थियो । तनहुँको दमौलीमा प्रेस युनियन तनहुँ शाखाद्वारा आयोजित पत्रकार भेटघाटमा थापाले जनताबाट निर्वाचित सरकारले एकपछि अर्को कानुन बनाएर कानुनका आधारमा सबै अधिकार खोसेर लैजाने तयारी गरिरहेको आरोप लगाए । जनताको अधिकार खोस्ने सरकारको तयारीलाई कांग्रेसले संसदमा रोक्ने पनि उनले चेतावनी दिए । ‘जनताको अधिकार खस्ने खोजे कांग्रेसले विरोध मात्र गर्दैन’, उनले भने, ‘प्रतिरोधसमेत गर्छ ।’

संसद र सडकको शक्तिलाई एकाकार गरेर जनताको हितविपरीत कानुन बन्न नदिने उनले चेतवानी दिए । सरकारले गलत कदम चालिरहे कांग्रेस नेतृत्वले दायाँबायाँ खुट्टा कमाउन नहुने पनि थापाले बताए । कांग्रेसले जनताको अधिकारसँग जोडिएका विषयमा कसैसँग सम्झौता नगर्ने उनको भनाइ थियो ।

सरकारले रिस उठेको मानिसलाई कारबाही गर्न र सरकारविरुद्ध बोल्नेलाई कारबाही गर्न कानुन बनाउन खोजेको उनको आरोप थियो । संसदमा पेस गर्न खोजिएका विधेयकले संविधान कार्यान्वयनमा जोड दिनुभन्दा पनि जनताको अधिकार खोस्ने उनले बताए ।

फरक प्रसंगमा यती ग्रुप भन्ने एउटा कम्पनीलाई नेपालको सबै सम्पत्ति हस्तान्तरण गरिनु दुःखद विषय भएको उनले बताए । उनले राज्यको सम्पत्ति एउटा कम्पनीलाई जिम्मा लगाउनु राम्रो नभएको बताए । प्रधानमन्त्री ओलीले आफ्नो शक्तिलाई चरम दुरुपयोगसमेत गरेको उनले आरोप लगाए ।

4645
Shares

ट्रेन्डिङ