सबैको समाचार
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • काभ्रेमा आ’त्मह’त्या, कुटपि’ट, ब’लात्कार, दु’व्र्यवहार लगायतका घ’टनामा बृद्धि

काभ्रेमा आ’त्मह’त्या, कुटपि’ट, ब’लात्कार, दु’व्र्यवहार लगायतका घ’टनामा बृद्धि

4110
Shares
काभ्रेमा आ’त्मह’त्या, कुटपि’ट, ब’लात्कार, दु’व्र्यवहार लगायतका घ’टनामा बृद्धि

काभ्रे : काभ्रेमा हत्या, कुटपिट ब’लात्कार तथा ब’लात्कार प्रयास, बाल यौ’नशोषण तथा दुव्र्यवहार, बहु विवाह लगायतका घ’टना बढेको पाइएको छ । आइतबार धुलिखेलमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको मावन अधिकार वर्ष पुस्तकको पुर्व समिक्षा कार्यक्रममा सार्वजनिक गरिएको तथ्याङ्क अनुसार जिल्लामा ह’त्या, कु’टपिट ब’लात्कार तथा ब’लात्कार प्रयास, बाल यौ’नशोषण तथा दु’व्र्यवहार, बहु विवाह लगायतका घ’टना बृद्धि भएका हुन् ।

काभ्रे जिल्लामा २०२० जनवारी १ देखि डिसेम्बर ३० सम्म एकवर्षको अवधिमा संकलन गरिएको तथ्याङ्क अनुसार गैरराज्य पक्षको परिवारजनबाट ३ जनाको ह’त्या भएको छ । अभिलेखित घ’टना अनुसार ब’लात्कारका घटनामा १३ जना पी’डित भएका छन् भने ब’लात्कार प्रयास घ’टनामा ४ जना महिला र बाल यौ’न दु’व्र्यबहारमा १ जना बालिका पी’डित भएका छन् । यसैगरी जिल्लामा आत्महत्याको ५० भन्दा बढी देखिएको छ ।

त्यस्तै बहुविवाहको घ’टनामा ४ महिला पी’डित भएका छन् । मानव बेचबिखनका घ’टनामा १ जना पी’डित भएका छन् भने घरेलु हिं’सामा ९६ जना पी’डित भएका छन् । जसमा ५३ वटा घटना मे’लमिलाप भएको छ । राज्यपक्षबाट ५ जना विप्लव माओवादीका नेता तथा कार्यकर्ता प’क्राउ गरेका छन् । एकवर्षमा जिल्लामा बोक्सीको ३ वटा घ’टना भएका छन्

काभ्रे जिल्लामा सन् २०१९ मा ह’त्या, कु’टपिट, बला’त्कार, बला’त्कार प्रयास, बाल यौ’नशोष’ण तथा दु’व्र्यवहार, बहुविवाह, घरेलु हिं’सा र मानवबेच’बिखन लगायतका घ’टना जिल्लामा भएको थियो । सन् २०१९ भन्दा २०२० मा केही घ’ट्नाहरु बढेका छन् भने केही घटेको पाईएको छ । बाल यौ’न दु’व्र्यबहार पनि घटेको छ भने बहुविवाहका घ’ट्ना बढेको छ । घरेलु हिं’सा पनि घटेको पाईएको इन्सेक काभ्रेका प्रतिनिधि हिरामान लामाले जानकारी दिनुभयो ।

यसवर्ष अ’पहरणका घ’ट्ना नभएपनि मानव बेचबिखन भने भएको देखिन्छ । तसर्थ अपराधिक घ’ट्ना चुनौतीको रुपमा बढेको पाईएकाले यसलाई न्यूनिकरण गर्न समुदायको पनि उत्तिकै भूमिका समेत रहनु पर्छ भने कानूनलाई कडाईका साथ कार्यान्वयनमा ल्याउनु जरुरी छ । अपराधिक घ’टनालाई नियन्त्रण गर्न र यस्ता घ’टना हुन नदिन उक्त कार्यमा संलग्न जोसुकैलाई पनि विद्यमान कानुनको दायरामा ल्याई कारबाही प्रक्रिया अगाडि बढाउनुपर्छ ।

अपराधिक घ’टनामा संलग्नलाई दण्डित गर्न नयाँ ऐन कानुन तथा नीति नियम बनाई कार्यान्वयनमा लैजान र कानुनी शासन कायम राख्न नेपाल सरकार प्रतिबद्ध भएर लाग्न आवश्यक छ । यसका लागि सरोकारवाला निकाय, राजनीतिक दल, नागरिक समाज, मानवअधिकारका क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाले आ–आफ्नो ठाउँबाट रचनात्मक सहयोग गर्नुपर्छ ।

मावन अधिकार वर्ष पुस्तकको पुर्व समिक्षा कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले शान्तिपूर्ण रुपमा बाच्न पाउने अधिकार कसैले हनन गर्न नपाउने बताउनुभयो । उहाँले समाजमा हुने आपराधिक घ’टना कम गराउन समाजकै ब्यक्तिहरुको पनि महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी शिवमा पोखरेलले मावन अधिकार वर्ष पुस्तकमा समाजमा भइरहेका घ’टनाहरु उल्लेख गरेर राज्यलाई इन्सेकले झकझक्याउने गरेको बताउनुभयो । साथै उहाँले समाजमा हुने गरेका यस्ता घ’टनाका कारण पहिल्यै न्यूनिकरणका लागि गर्नुपर्ने आवश्यक सल्लाह सुझाव समेत दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा इन्सेक बागमती प्रदेशका कार्यक्रम संयोजक कृष्ण गौतमले मानव अधिकार बर्ष पुस्तकमा उल्लेख गरिने घटनाले समाजमा हुने घ’टनालाई तुलना गर्दै आगामी दिनमा सरकारी पक्ष र समाजले गर्ने विविध विषयलाई समेत उजागर गर्ने गरेको दाबी गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख मञ्जु गौतमले कतिपय ठाउँमा ज’घन्य अ’पराधका घट’ना समेत मेलमिलाप भएको आफुले सुनेको भन्दै मानव अधिकार बर्ष पुस्तकमा विषयलाई समेत समेटेर नयाँ संरचना अनुसार न्यायमा भइरहेका प्रगतिलाई उल्लेख गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले हरेक स्थानीय तहमा न्यायिक समिति मार्फत धेरै न्यायनिरुपण भएको भन्दै न्यायमा सबैको पहुँच अभिबृद्धि गर्न इन्सेकलाई सुझाव दिनुभयो ।

कार्यक्रमा जिल्लाका पत्रकार, नागरिक समाजका अगुवा, काभ्रे बार लगायतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । इन्सेकले वर्ष पुस्तक प्रकासनका लागि वर्षमा दुई पटक हरेक जिल्लामा समीक्षा गर्ने गरेको छ ।

4110
Shares

ट्रेन्डिङ