सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • पत्रकार महासघको पहलमा पत्रकार तिवारी यादव रिहा

पत्रकार महासघको पहलमा पत्रकार तिवारी यादव रिहा

8350
Shares
पत्रकार महासघको पहलमा पत्रकार तिवारी यादव  रिहा
  • सुनिल श्रेष्ठ

वीरगञ्ज , बैशाख २ / नेपाल पत्रकार महासघ पर्साको पहलमा वीरगञ्जस्थित लिंकरोडबाट दिउँसो पक्राउ परेका पत्रकार तिवारी यादवलाइ प्रहरीले रिहा गरेको छ । वीरगन्जको सामुदायिक रेडियो नारायणी एफएमकै प्रवेशद्वारबाट पत्रकार यादवलाई प्रहरीले पक्राउ गरेको थियो ।यादव सामुदायिक रेडियो नारायणी एफएम एवं नया पत्रिकाका पर्सा सम्बादाता हुन।बिना कारण आइतबार प्रहरीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालय लगेको र सन्चारकर्मीहरु थाहा पाए लगत्तै त्यहापुगी यादवलाई रिहा गर्न दबाब दिए पछी पत्रकार यादव ५ घण्टा पछि रिहा भएका हुन ।

त्यसै गरि पर्सा प्रहरीको ज्यादतिको बिरुद्धमा नेपाल पत्रकार महासंघ पर्साले आन्दोलनको घोषणा समेत गर्ने निर्णय गरेको छ । नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले पर्सेली संचारकर्मीहरु आजैबाट जिल्ला प्रहरी कार्यालय पर्साको सम्पुर्ण समाचार बहिष्कार गर्ने र भोली बिहान ८ बजे घण्टाघरमा धर्ना दिने जनाएको छ । अध्यक्ष श्याम बन्जाराले पत्रकार माथि गरेका दुरव्यहारको घोर बिरोध गर्दै दोसी प्रहरी माथि कारवाही नभए सम्म आन्दोलन गर्ने जानकारी दिनुभयो । पत्रकार यादवको मोबाईल अहिले पनि प्रहरीले नै राखेको जनाएको छ ।

8350
Shares

ट्रेन्डिङ