सबैको समाचार
सोमवार, असार १०, २०८१
  • होमपेज
  • सुत्केरी हुन् नसकेकी २४ वर्षीय युवतीको हेली एम्बुलेन्सबाट उद्धार

सुत्केरी हुन् नसकेकी २४ वर्षीय युवतीको हेली एम्बुलेन्सबाट उद्धार

100
Shares
सुत्केरी हुन् नसकेकी २४ वर्षीय युवतीको हेली एम्बुलेन्सबाट उद्धार

काभ्रे :- काभ्रेको महाभारत गाउँपालिकाबाट एक सुत्केरी हुन नसकेकी २४ वर्षीया युवतीको हेली एम्बुलेन्समार्फत उद्धार गरिएको छ ।

महाभारत गाउँपालिका ५, चारकिल्लाकी निस्मा मगरलाई उद्धार गरी काठमाडौंको थापाथलीस्थित प्रसूतिगृह पठाइएको गाउँपालिकाका प्रवक्ता कान्छालाल जिम्बा रोहितले जानकारी दिनुभयो ।

जेठ २९ गतेदेखि बुढाखानी बर्थिङ सेन्टरमा उपचाररत निस्माको पाठेघरको मुख आवश्यकजति नखुलेपछि प्रसूतिगृह रिफर गरिएको थियो । बर्थिङ सेन्टरमा सुत्केरी गराउन नसकेपछि पालिकाको अनुरोधमा जिल्ला प्रशासनको सिफारिसमा निस्मालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

पालिकाबाट गाडीमा ल्याउन नसक्ने भएकाले हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

100
Shares

ट्रेन्डिङ