सबैको समाचार
सोमवार, साउन १८, २०८३
  • होमपेज
  • प्रहरीले लगभग ४५० जनालाई नियन्त्रणमा लिए

प्रहरीले लगभग ४५० जनालाई नियन्त्रणमा लिए

6380
Shares
प्रहरीले लगभग ४५० जनालाई नियन्त्रणमा लिए
  • सुनिल श्रेष्ठ

वीरगन्ज, ३ जेठ / लकडाउन सुरु भएसँगै नेपालमा विभिन्न ठाउँमा रोजगारीको सिल सिलामा रहेका भारतीय कामदारहरुले आफ्नो घर जान खोज्दा विभिन्न ठाउँबाट वीरगन्ज पुगे पछि प्रहरीले लगभग ४५० जना लाई नियन्त्रणमा लिएका थियाे। त्यसपछि जिल्ला प्रशासन कार्यालय , प्रहरी र भारतीय दूतावाशको नेतृत्वमा क्वारेन्टाइनका लागि वीरगन्जको ठाकुरराम क्याम्पसमा व्यवस्था मिलाइएको थियो ।

नास्ता र खाना को व्यवस्था गर्दै आएका ग्रीन सिटी सामुदायिक सेवा केन्द्रले एका तिर क्वारेन्टाइन मा भएका ब्यक्ति को समय पूरा भएपछि भारतीयहरूको जाने क्रम जारी रहेको थियो भने अर्कोतिर थप नयाँ भारतीयहरू लाई क्वारेन्टाइन मा राख्नका लागि प्रहरीले नियन्त्रणमा लिएका भारतीय नागरिक क्वारेन्टाइन मा ल्याएका थिए। वीरगंजमा ठूलो संख्यामा संक्रमित भेटिएपछि प्रशासनद्वारा निषेधाज्ञा लगाएको बेलामा भने यस क्वारेन्टाइन मा ९८ जना भारतीय नागरिक रहेका छन् ।

यस्तो चुनौतीपूर्ण समयमा पनि ग्रीन सिटी सामुदायिक सेवा केन्द्रले नास्ता र खाना को व्यवस्था मिलाउनु मा कतै पछि परेको छैन र निरन्तर रुपमा निषेधाज्ञा जारी भएको दोश्रो दिन पनि खानाको व्यवस्था यस्तो जोखिम र चुनौतीपूर्ण समयमा पनि पहिले जस्तै सुचारु रहेको ग्रीनसिटी अध्यक्ष जयप्रकाश खेतानले जानकारी गराउनुभयो ।

6380
Shares

ट्रेन्डिङ