सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • वीरगंजमा व्यक्तिगत खर्चमा हजारौ परिवारलाई हरियो तरकारी बितरण ,

वीरगंजमा व्यक्तिगत खर्चमा हजारौ परिवारलाई हरियो तरकारी बितरण ,

कुर्मी को उक्त कार्य उदाहरण योग्य

9030
Shares
वीरगंजमा व्यक्तिगत खर्चमा हजारौ परिवारलाई हरियो तरकारी बितरण ,

 सुनिल श्रेष्ठ   .  वीरगंज जेष्ठ , ६  ,     छपकैया निवासी मनोज राउत कुर्मीले आफ्नो व्यक्तिगत खर्चमा आज हजारौ परिवारलाई हरियो तरकारी बितरण गरेका छन।लकडाउन शुरू भए पछि उनले बीरगंज महानगरपालिका बड़ा न.१ का अतिविपन्न, विपन्न, गरीब, दलित र अति प्रभावित परिवारलाई राहत वितरण गर्दै आएका छन्।छपकैयाको बिभिन टोलमा रहेको १५०० ( पन्द्र सय) परिवार लाई ५ केजीको दरले राहत बितरण गरेका छन।हरियो तरकारिमा भिंडी,करेला, बोडी, घिडउला रहेको छ।

कुर्मी को उक्त कार्य उदाहरण योग्य….

पहिलो चरणमा एक हजार(१०००) परिवार लाई प्रति परिवार दुई किलो पीठो वितरण गरेका थिए।सामाजिक कार्यमा लोकप्रिय रहेका मनोज राउत कुर्मीको छपकैया क्षेत्रमा आफ्नो एउटा छुटै पहिचान रहेको छ। दोस्रो चरणमा कुर्मीले सोही क्षेत्रका बार सय (१२००) परिवारलाई प्रति परिवार चामल ५ किलो, आलु २ किलो, नून १ प्याकेट र सोयाबिन आधा किलो राहत वितरण गरेका थिए।तेस्रो चरणमा सम्पूर्ण बड़ामा सेनिटाइजर समेत गराएका थिए।

आज चौथो चरणमा हरियो तरकारी बितरण गरेका छन।बीरगंज महानगरपालिका बड़ा न.१ छपकैयामा रहेको बिभिन टोल जस्तै बजार छपकैया,दुसाध, दलित, धाँगड जातिका बस्ती रहेको शान्तिटोल, नैकाटोल, सिसौंबारी, चित्रगुप्तनगर राहत बितरण गरेको कुर्मीले बताए।साथै बड़ा न.१ छपकैया नजिक रहेको बड़ा न.२ र ३ का परिवार लाई समेत राहत बितरण गरेका छन।आवश्यकता अनुसार सेवाकार्य जारी रहने कुर्मीले बताए।नेपालमा रहेको कुर्मी समाजमा मनोज कुर्मी  निकै लोकप्रिय रहेका छन ।

9030
Shares

ट्रेन्डिङ