सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • नाङ्शाल एशोसियशनद्वारा स्वास्थ्य सामग्री वितरण

नाङ्शाल एशोसियशनद्वारा स्वास्थ्य सामग्री वितरण

6930
Shares
नाङ्शाल एशोसियशनद्वारा स्वास्थ्य सामग्री वितरण

काभ्रे : नाङशाल एशोसिएसन नेपाल काभ्रेले बेथाञ्चोक गाउँपालिका, पाँचखाल नगरपालिका र नमोबुद्ध नगरपालिकामा रहेको मेथिनकोट अस्पताललाई अति आवश्यक सामग्री सहयोग गरेको छ । वी वल्र्ड अनलसको सहयोगमा नाङ्शाल एशोसिएसन नेपालले खरीद गरेको उक्त स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

बिहिबार बेथाञ्चोक गाउँपालिकाकालाई इन्फ्रारेड थर्मोमिटर ८ थान, एन ९५ मास्क २ सय ५० थान, पिपिइ १५ थान, डिजिटल बिपी सेट ८ थान, मेडिकल मास्क २ हजार ५ सय थान, ५०० मिलीलिटरका ह्याण्ड स्यानिटाइजर ३ सय थान र सर्जिकल ग्लोभ्स २ हजार ५ सय थान वितरण गरिएको छ ।

नाङशाल एशोसिएसन नेपालका अध्यक्ष दिनेश लामाले ती सामग्री गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना र प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटालाई हस्तान्तरण गर्नु भयो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य इश्वरी ओझा, नाङशाल एशोसिएसन नेपालका उपाध्यक्ष रामबहादुर घ्यावा, संस्थाका कार्यकारी निर्देशक गुणराज मोक्तान, नेपाल शिक्षक संघ वागमती प्रदेश अध्यक्ष नारायण तिमल्सिना, बेथाञ्चोक गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सिताराम तिमल्सिना, गाउँपालिकाका सूचना अधिकारी योगराज उपाध्याय, नेपाल यातायात मजदुर संघ काभ्रेका अध्यक्ष एवं ट्रेड युनियन काभ्रेका उपाध्यक्ष सन्तोष गौतम लगायतको उपस्थिति रहेको थियो ।

यस्तै हिजो बिहिबार नै पाँचखाल नगरपालिकामा पनि नाङशाल एशोसिएसन नेपाल काभ्रेले स्वास्थ्य सामग्री वितरण गरेको थियो । पाँचखाल नगरपालिकामा इन्फ्रारेड थर्मोमिटर ११ थान, एन ९५ मास्क २ सय ६० थान, पिपिइ ११ थान, डिजिटल बिपी से ट११ थान, मेडिकल मास्क २ हजार थान, ५०० मिलीलिटरका ह्याण्ड स्यानिटाइजर २ सय ७५ थान र सर्जिकल ग्लोभ्स २ हजार थान वितरण गरिएको थियो ।

नाङशाल एशोसिएसन नेपालका अध्यक्ष दिनेश लामाले ती सामग्री नगरपालिकाका प्रमुख महेश खरेललाई हस्तान्तरण गर्नु भयो । कार्यक्रममा नगर उपप्रमुख लक्ष्मी दनुवार, समाजसेवी कुमार लामिछाने, इश्वरी ओझा, नाङशालका कार्यकारी निर्देशक गुणराज मोक्तान, पाँचखाल नगरका स्वास्थ्य संयोजक उज्वल अधिकारी, लगायतका विभिन्न वडाका वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।

यस्तै बुधबार नमोबुद्ध नगरपालिका वडा नम्बर ४ मा रहेको मेथिनकोट अस्पतालमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष उद्धव काफ्ले र मेडिकल सुपरिटेन्डेन्ट रामसरण श्रेष्ठलाई वि ओल्र्ड अनलसका कन्ट्री डाइरेक्टर तिलक भट्टराईले स्वास्थ्य सामग्री वितरण गर्नुभयो ।

वितरित स्वास्थ्य सामग्रीहरुमा थर्मोमिटर, एन ९५ मास्क, पि.पि.ई., अक्सिजन मास्क, अक्सीजन कन्सन्ट्रेटर, अक्सिजन सिलिण्डर, पेसेन्ट मनिटर, ईन्फ्युजन पम्प, नेवुलाईजेसन मेसिन, डपलर, मेडिकल मास्क, ग्लोब्स लगायत करीब ६ लाख बराबरको सामग्रीहरु रहेको अध्यक्ष दिनेश लामाले जानकारी दिनुभयो । विश्वभर फैलिरहेको नोभेल कोराना भाईरसले पछिल्लो समय नेपालमा पनि उग्र रुप लिरहेको अवस्थामा यसको रोकथाम र नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्य अनुरुप सामग्री हस्ताण्तरण गरिएको अध्यक्ष लामाले जानकारी दिनुभयो ।

6930
Shares

ट्रेन्डिङ