सबैको समाचार
शनिबार, भदौ १३, २०८३
  • होमपेज
  • भक्तपुरमा एटीएम फुटाएर पैसा निकाल्न खोज्‍ने युवक पक्राउ

भक्तपुरमा एटीएम फुटाएर पैसा निकाल्न खोज्‍ने युवक पक्राउ

6095
Shares
भक्तपुरमा एटीएम फुटाएर पैसा निकाल्न खोज्‍ने युवक पक्राउ

भक्तपुर: भक्तपुरमा एटिएम फुटाउदैँ गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। शनिबार बिहान सवा २ बजे मध्यपुर ठिमी नगरपालिका-६ बाहखा बजार स्थित संजिब चित्रकारको घरमा रहेको एनआईसी एसियाको एटिएम फुटाउँदै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्ने सिन्धुपालचोक कदम्बास घर भइ हाल सोही वडाको नगदेश भन्ने ठाँउमा बस्दै आएका २१ वर्षीय सचिन तामाङ हुन्।प्रहरीले तामाङलाई एटिएम फुटाउदैँ गरेको अवस्थामा पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा डिएसपी दिपक गिरीले जानकारी दिए।

उनीबाट एक थान ह्याम्बर, एक थान स्क्रु ड्राइभर, एटीएम मेसिनको बाहिरी कभर र रोलर बरामद गरेको थियो। तामाङलाई महानगरीय प्रहरी वृत ठिमी भक्तपुरमा ल्याई थप अनुसन्धान थालिएको छ।

6095
Shares

ट्रेन्डिङ