सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • पनौतीमा बाढीले पुर्याएको क्षतिको बिवरण संकलन जारी

पनौतीमा बाढीले पुर्याएको क्षतिको बिवरण संकलन जारी

6330
Shares
पनौतीमा बाढीले पुर्याएको क्षतिको बिवरण संकलन जारी

काभ्रे: काभ्रेको पनौती नगरपालिकाले बाढी पछि क्षतिको विवरण संकलनलाई जारी राखेको छ । गएको बुधबार अबिरल वर्षासँगै आएको बाढीले नगपालिकाको विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो ।

नगरपालिकाले कृषि क्षेत्रको बिवरण संकलन गर्न वडा नम्बर १ का वडा अध्यक्ष गुणनाथ सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । त्यस्तै भौतिक पुर्वाधार तर्फको बिवरण संकलन गर्न वडा नम्बर ९ का वडा अध्यक्ष सहकुल कुमार हुमागाईको संयोजकत्वमा समिति गठन गरेको छ ।

समितिले अहिले वितरण संकलनको काम गरिहेको नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत एवंम सूचना अधिकारी इन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो । बाढीले तीन वटा पक्की पुल केहि ठाउँमा सडक बगाएको छ ।

6330
Shares

ट्रेन्डिङ