सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • ट्राफिक प्रहरी काभ्रेले झिक्यो ४३ वटा टिपरको प्रेसर हर्न

ट्राफिक प्रहरी काभ्रेले झिक्यो ४३ वटा टिपरको प्रेसर हर्न

12940
Shares
ट्राफिक प्रहरी काभ्रेले झिक्यो ४३ वटा टिपरको प्रेसर हर्न

काभ्रे: जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले अनावश्यक रुपमा प्रेसर हर्न बजाउने ४३ वटा सवारी साधनलाई कारबाही गरेको छ । प्रहरीले कारबाही स्वरुप ४३ वटा सावरी साधनको प्रेसर हर्न निकालिदिएको छ ।

प्रेसर हर्न निकालिएकामा अधिकांश टिपर रहेका छन् । प्रहरीले ४३ वटा सवारी साधन मार्फत १ सय २५ ओटा प्रेसर हर्न निकालेको छ । यसअघि पनि ट्राफिक प्रहरीले टिपरको प्रेसर हर्न निकालेको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले चालकसँग १ मिनेट कार्यक्रम समेत सञ्चालन गरेको छ । खराब मौसमका कारण हुने दुर्घटना कम गराउन यस्तो कार्यक्रम सञ्चालन गरिएको ट्राफिक प्रहरी प्रमुख विशाल तामाङले जानकारी दिनुभयो । एक मिनेट कार्यक्रम अन्तर्गत चालकलाई तिब्र गतिमा सवारी साधन नचलाउन प्रहरीले आग्रह गर्ने गरेको छ ।

12940
Shares

ट्रेन्डिङ