सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • प्रहरी ज्यादती विरुद्ध सरसफाइकर्मीद्वारा काम ठप्प

प्रहरी ज्यादती विरुद्ध सरसफाइकर्मीद्वारा काम ठप्प

15950
Shares
प्रहरी ज्यादती विरुद्ध सरसफाइकर्मीद्वारा काम ठप्प

वीगन्ज: स्थानीय प्रहरी प्रशासनको ज्यादतीका कारण वीरगन्ज महानगरपालिकाको सरसफाई आजबाट ठप्प भएको छ । महानगरपालिकाको सरसफाईमा खटिएका कर्मचारीहरुलाई प्रहरीले कुटपिट गरी ज्यादती गर्न थालेपछि त्यसको विरोधमा सफाई कर्मचारीहरुले काम रोकेपछि आजदेखि वीरगन्ज महानगरपालिकाको फोहोर उठेको छैन ।

वीरगन्ज महानगरपालिकाले ठेक्का मार्फत र महानगरपालिकाकै सरसफाई कर्मचारीहरु मार्फत पनि पोहोर उठाउदै आएकोमा लकडाउनको समयमा सरसफाईमा खटिएका कर्मचारीहरुलाई प्रहरीले कुटपिट र दुव्र्यवहार गर्न थालेपछि उनीहरुले फोहोर उठाउन छोडेका हुन् ।

अस्ती बिहिबार एकजना सरसफाई शाखाका कर्मचारी छोटेलाल प्रसाद कुश्वाहालाई प्रहरीले कुटपिट गरी मोटरसाईकल समेत खोसेर दुव्र्यवहार गरेको थियो । घटनाको बारेमा पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तसँग गुनासो गर्दा एसपी पन्त उल्टै हाँसेर मात्रै गएको र कुनै जवाफ नदिएपछि कर्मचारीहरु काम नआएको सरसफाईको ठेकेदार कम्पनी पृथ्वी तारा एनके इन्टरनेशनल जेभीका निर्देशक शिव गुप्ताले बताउनुभयो ।

सफाई कर्मचारी फोहोर उठाउन नआएपछि वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीलाई जानकारी गराएको र मेयर सरावगीले प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्की र एसपी गंगा पन्तसँग समन्वय गरेर फेरी सफाई कर्मचारीहरुलाई काममा फर्काएका थिए । तर, हिजोसाँझ फेरी ठेलामा जम्मा भएको फोहोर ट्याक्टरमा हालेर ल्याण्डफिल साईटतिर लिएर जानेक्रममा वीरगन्जको माईस्थान नजिकै डिउटीमा खटिएको प्रहरीले सफाई कर्मचारीलाई अवरोध गरेर दुव्र्यवहार गरेपछि आजदेखि सफाई कर्मचारीहरु काममा नआएका कारण महानगरपालिकाको पोहोर उठेको छैन ।

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख सरावगीले लकडाउन पालनाको बहानामा प्रहरीले महानगरको सरसफाइमा पटक-पटक अवरोध गर्दै आएको बताए । कोरोनाको महामारीमा ज्यान जोखिममा राखेर काम गर्ने सरसफाइकर्मीलाई प्रहरीले अवरोध र दुर्व्यवहार गरेको चारपटक भइसक्यो’ , उनले भने, ‘सिडिओ र एसपीलाई भन्दाभन्दै म पनि थाकिसकेको छु ।’

प्रहरीले ज्यादती गरेको भन्दै शनिबारदेखि सरसफाइ कर्मचारी काममै आउन नमानेको उनले बताए । शनिबारदेखि महानगरको फोहोर नउठेको भन्दै उनले भने , ‘फोहोर उठेन भने त्यसले नयाँ संक्रमण फैलने खतरा छ तर प्रहरी प्रशासनले कुरो नै बुझ्दैन ।’ हडतालमा बसेका सरसफाइकर्मीलाई काममा फर्काउन प्रयास भइरहेको उनले बताए ।

15950
Shares

ट्रेन्डिङ