सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • दया फॉउंडेशन तथा भीसीएनबाट राहत सामग्री वितरण

दया फॉउंडेशन तथा भीसीएनबाट राहत सामग्री वितरण

13460
Shares
दया फॉउंडेशन तथा भीसीएनबाट राहत सामग्री वितरण

बिरगंज , जेष्ठ १९: पर्सा जिल्ला जिराभवानी गाऊँपालिक वार्ड नम्बर ५ को शंकर सरैयामा बसोबास गर्दै आइरहेको सुक्कुमबासी, बिपन्न गरीब मुसहर ( माझी), चमार तथा पासवान ७५ घर- परिवारहरु आज लॉकडौनको ७०दिन बितिसक्दा पनि तीन तहका सरकार मध्ये कुनै पनि सरकारको उपस्थित देखिएन र ऊनिहरूको अवस्था अहिले त्राहिमाम त्राहिमाम छ ।

यिनी बिपन्न, ग़रीब ,सुकुम्बासी घर परिवारहरुलाई NRN को ICC सदस्य अरुण कुमार ठाकुर,बिरगंज लक्ष्मणवाको सहयोगी युवा हरीनारायण शाह तथा दया फॉउंडेशन र भी.सी.एन.संस्था को आर्थिक सहयोगमा सामाजिक अभियन्ता प्रकाश थारूको संयोजनमा स्थानीय युवाहरु संजय चौधारी, महेश दहैत, बिनोद राउत लगायतको सहयोगमा राहत सामग्री बितरण गरिएको हो।

यि सबै जनाले ज्याला मजदूरी मात्रै गरेर आफ्नो घर परिवारको २ छाक को व्यवस्था गर्छन तर अहिलेको महामारी को बख़्त निषेधाज्ञा तथा लॉकडौन समयमा चाहेर पनीं ज्याला मजदुरी गर्न सकिरहेको छैन र आज सम्म कसैले राहतको नाममा एक चम्चा नून समेत वितरण गरेको छैन त्यसैले गर्दा अब यिनीहरु कोरोना असर अघिपछि हुन्छ तर भोक मरिको चपेटामा पक्कै पर्छ त्यसकारण ऊनिहरुलाई राहतको व्यवस्था गरेर बितरण गरेको कुरा भी. सी.एन.को अध्यक्ष दीपक चापागई तथा उपाध्यक्ष राधा मतांगीले जानकारी गराउनु भएको छ ।

उक्त गाऊँपालिकको वार्ड नं ५ को हरैया,सखुवनीयाको विपन्न बर्ग हरुलाई अझसम्म पनि राहत नपाएर त्राहिमाम छ ।कोरोनाले अघिपछि असर गर्छ तर अहिले भोकमरिले पक्कै प्रभावित हुन्छ यिनी बिपन्न गरीब बर्ग का व्यक्तिहरुलाई सहयोग को आवश्यकता भएकोले सहयोग गर्न अनुरोध गर्दछु । बितरण गरिएको सामानहरु चामल -१५ केजि , दाल-१ केजि, खानेतेल-५०० ग्राम , आलु-२ केजि, प्याज-१ केजि, नुन -१ केजि र साबुन -२ थान रहेको समाजिक अभियन्ता प्रकाश थारुले जानकारी गराएका थिए ।

13460
Shares

ट्रेन्डिङ