सबैको समाचार
सोमवार, भदौ ८, २०८३
  • होमपेज
  • १२ वर्षीया बालिका गर्भवती

१२ वर्षीया बालिका गर्भवती

6560
Shares
१२ वर्षीया बालिका गर्भवती

उदयपुर : १२ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा प्रहरीले कटारी नगरपालिका क्षेत्रका एक १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ। स्वास्थ्यमा समस्या आएपछि गत आइतबार कटारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा बालिकाको पेटमा आठ हप्ताको गर्भ रहेको खुलेको थियो। लगातार पाँच पटकसम्म परीक्षण गर्दा पेटमा बच्चा रहेको पुष्टि भएपछि परिवारले सोधपुछ गर्दा बालिकाले घटनाको जानकारी गराएकी थिइन्।

कटारी अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेण्डट डाक्टर मुकलेस माधवीले चार पटकसम्म पिसाबबाट परीक्षण गरिने युरिन प्रिभिन्टी टेष्ट (युपिड) गर्दा पोजिटिभ देखिएको बताए ।

‘पहिलो पटक गर्दा पोजिटिभ देखियो बालिका कलिलै देखिएकाले एकछिनपछि पुनः युपिड नै ग¥यौँ फेरी पोजिटिभ नै नै देखियो ।’ उनले भने, तेश्रो पटक परीक्षण गर्दासमेत जोजिटिभ नै देखिएपछि प्रविधिलाई पुनः चेकजाँच गरी चौथोपटक हे¥यौं’। त्यसमा पनि पोजेभिट नै देखिएकाले अल्ट्रासाउण्ड गरेर हेर्दा ८ हप्ताको गर्भ रहको पुष्टि भएको डाक्टर माधवीले बताए।

6560
Shares

ट्रेन्डिङ