सबैको समाचार
बिहिबार, भदौ २५, २०८३
  • होमपेज
  • बालिका बलात्कार आरोपमा काभ्रेका एक युवा पक्राउ

बालिका बलात्कार आरोपमा काभ्रेका एक युवा पक्राउ

11755
Shares
बालिका बलात्कार आरोपमा काभ्रेका एक युवा पक्राउ

धुलिखेल, २२ जेठः भक्तपुर नगरपालिका वडा नम्बर २ ब्यासीस्थित आफ्नै कोठामा बसिरहेकी एक बालिकालाई बलात्कार गर्ने प्रयास गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पनौती नगरपालिका वडा नम्बर ४ स्थायी घर भइ भक्तपुर नगरपालिका वडा नं २ ब्यासी बस्ने ३१ वर्षीय मोहन तामाङ रहेका छन् ।

फूपूफूपाजुसँग बस्दै आएकी १३ वर्षीया बालिकालाई फूपूफूपाजु गलैचा कारखानामा काममा गएको मौका पारी कोठामै गएर बालिकाको मुख थुनेर बलात्कारको प्रयास गरिरहेको अवस्थामा फूपाजु पुगेपछि तामाङ फरार भएका थिए ।

घटनाको खबर आएलगत्तै व्यासीमै रहेको प्रहरी टोलीले फरार तामाङलाई पक्राउ गरी भक्तपुर जिल्ला अदालतबाट १० को म्याद थप गरी अनुसन्धान शुरु गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

11755
Shares

ट्रेन्डिङ