सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बिदेशी भूमिमा तड्पीरहेका लाखौ नेपालीको व्यथा बोकेको “आउछु फर्केर” बजारमा(भिडियाे )

बिदेशी भूमिमा तड्पीरहेका लाखौ नेपालीको व्यथा बोकेको “आउछु फर्केर” बजारमा(भिडियाे )

8710
Shares

कोरोना को महामारीमा बिदेशी भुमि मा रहेका नेपालीहरु काे पिडालाई समेटेर तयार पारिएकाे प्रभावन जे काे लाेक तथा दाेहाेरि गित “आउछु फर्केर” सार्वजनिक भएकाे छ ।

डिएआर मुभिजले बजारमा ल्याएकाे उक्त गितमा लोक तथा दोहोरि गायक, सर्जक प्रभावनजे काे शब्द , लय र स्वर रहेकाे छ भने स्मृति गाैतमले उनलाई स्वरमा साथ दिएकि छन् ।

जीवन बडू को एरेन्ज रहेको गीतको भिडियो मा सरोज दाहाल र अनु पराजुली को अभिनय रहेकाे छ । क्यामेरा पिटर गुरुङ , सम्पादन नबिन भट्ट, कला राजाराम गौतम र ब्यबस्थापन बिबेक चौलागाईं ले गरेका छन् । भिडियो निर्देशन प्रभावन जे कै रहेको छ । भिडियो निर्माणमा बिशेष सहयोग नकुल राउत र कलाकार श्याम धिताल ले गरेका छन् ।

केहि समय पहिले प्रभावन जे को टिमले सामाजिक सचेतनामुलक गितहरु कालापानि, काेराेना (covid-19), घरमै बसाैन, काे साथमा चेतनामुलक सर्ट मुभि बजारमा ल्याएकाे थियाे ।

यो गित हामी सबै नेपालीको घरको कथा हो । सम्बन्धित निकाय को ध्यान पुर्याउने उद्देश्य ले बजार ब्यबस्थापन गरेको डिएआर मुभिज एंड फिल्म्स इ. प्रा लि. का संचालक सदस्य राजाराम गौतम ले जानकारी दिए।
भिडियो हेर्नुहाेस :-

8710
Shares

ट्रेन्डिङ