सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • मृत्यु केन्द्र बन्दै क्वारेन्टाइन !

मृत्यु केन्द्र बन्दै क्वारेन्टाइन !

6680
Shares
मृत्यु केन्द्र बन्दै क्वारेन्टाइन !

काठमाडौं : जेठ ३ गते नेपालमा कोरोनाको संक्रमणको पहिलो मृत्यु घोषणा गरियो । सिन्धुपाल्चोकका २९ वर्षका सुत्केरी महिला मृत्युको त्यही परिचयसँग जोडिनु भएको थियो । मृत्यु २ गते भयो कोरोना संक्रमणको पुष्टि एक दिनपछि तीन गते मात्रै भयो ।

मृत्यु घोषणा गरिएको अस्पतालको अध्ययनले कोरोना कै कारणले मात्रै मृत्यु भइहाल्ने देखाउँदैन । धुलिखेल अस्पतालका व्यवस्थापक दिपक दाहाल सुत्केरी महिलालाई समयमा अस्पताल ल्याउन पाएको भए बचाउन सकिने बताउनुहुन्छ ।

नेपालमा तेस्रो कोरोना संक्रमितको मृत्यु बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा भयो । रातभरी क्वारेन्टाईनमा झाडापखाला, वान्ताको कष्ट झेलेका ती युवकलाई ढिलो गरि अस्पताल पु¥याउदा प्राण गइसकको थियो । समयमा अस्पताल र औषधिले भेटेको भए भेरी अस्पताल नेपालगञ्जका प्रमुख डा.प्रकाश थापाका अनुसार ती युवकलाई सजिलै बचाउन सकिन्थ्यो ।

‘नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मान्छे मरेको छैन । मरेका मान्छेमा मात्रै कोरोना देखिएको हो ।’ बारामा त एक जेष्ठ नागरिकको मृत्यु भएको ८ दिनपछि मात्रै कोरोना रहेछ भन्ने रिपोर्ट आयो । उहाँको कोरानाकै कारणले मृत्यु भएको हो त ? चिकित्सक नै यकिन भन्न सक्दैनन । नारायणी अस्पतालका प्रमुख डा.मदन कुमार उपाध्यायका अनुसार ती जेष्ठ नागरिकको कोरोनाका कारण नै मृत्यु भएको भन्न नमिल्ले बताउनुहुन्छ ।

‘उहाँलाई मृगौला रोग थियो, कलेजोमा पनि निकै संक्रमण भइसकेको थियो ’ उपाध्यायले भन्नुभयो, ‘लामो समयदेखि गम्भिर स्वास्थ्य समस्या भएकाले कोरोना संक्रमणका विषयमा कसैले चासो दिएन । मृत्यु पनि कोरोना भन्दा अरु रोगले भएको हो । ’ मृत्युको पाँचौ नम्बर सूचीमा चढाइएका ललितपुरस्थित किस्ट मेडिकल कलेजकमा मृत्यु भएका व्यक्तिमा पनि भोलिपल्ट मात्रै कोरोनाको पुष्टि भयो । भारतबाट नेपाल आउँदा बाटोमा नै मृत्यु भयो ।

मृत शरिरबाट स्वाब संकलन गर्दा कोरोना संक्रमण देखियो । आजसम्म अन्तिम ८ जनाको सूचीमा रहेका बाजुरामा २४ महिने शिशुुु र त्यसअघि दैलेमा क्वारेन्टाइमा मृत्यु भएका युवामा पनि मृत्युपछि मात्रै कोरोना संक्रमण पुष्टि भयो ।

हालसम्म् मृत्यु भएका १३ जना मध्ये ११ जनाको क्वारेन्टाइनमा नै मृत्यु भएको छ । सबैजनाको रिपोर्ट मृत्यु पछि मात्रै आएको थियो । मृत्यु भएका मध्ये ११ जनामा कोरोना संक्रमण देखिएको थियो । सुदूरपश्चिममा मात्रै ७ जनाको क्वारेन्टाइनमा नै मृत्यु भएको छ ।

स्वास्थ्य विज्ञ डा.दिर्घसिंह बम सरकारको लापारवाही र ब्यवस्थापनको कमजोरीले मृत्यु भइरहेको तर्क गर्नु हुन्छ । ‘नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मान्छे मरेको छैन । मरेका मान्छेमा मात्रै कोरोना देखिएको हो ।’ डाक्टर बलले भन्नुभयो । चिकित्सकले भनेको तथ्य र देखिएको सत्य केलाउँदा मत्यु भएका मध्ये एक जना वाहेक सबैको मृत्यु रहस्यमा नैछ । तर अपजस भने कोरोनाले पाएको छ ।

चरम लापरवाही
अहिले क्वारेन्टाइनमा १ लाख ६७ हजारलाई राखिएको छ । उनीहरु सबै जोखिममा बसिरहेका छन् । कपिलवस्तु यशोधरा गाउँपालिकामा ७० भन्दा बढी संक्रमतिलाई एउटै क्वारेन्टाइनमा राखिएका छन् ।

त्यसमा एम्बुलेन्स, चिकित्सक, स्वास्थ्य सहयोगी, अक्सिजन र भेन्टिलेटर केही छैन । दैलेखमा घर फर्काएकाहरुमा संक्रमण देखिएपछि अहिले फेरि क्वारेन्टाइनमा ल्याउनै समस्या देखिएको छ ।
-सीआईएन

6680
Shares

ट्रेन्डिङ