सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • ५० यात्रु बोकेर क्वारेन्टाइन हिँडेको टिपर कर्णालीमा खस्यो

५० यात्रु बोकेर क्वारेन्टाइन हिँडेको टिपर कर्णालीमा खस्यो

7220
Shares
५० यात्रु बोकेर क्वारेन्टाइन हिँडेको टिपर कर्णालीमा खस्यो

कालिकोट : कालिकोटमा करिब ५० जना यात्रु बोकेको टिपर कर्णालीमा खसेको छ । टिपरले भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा लैजाँदै थियो ।

जिते बजारबाट यात्रु लिएर हिडेको टिपरले उनीहरुलाई रास्टकोट नगरपालिकाको क्वारेन्टाएनमा लाँदै थियो। कर्णाली करिडोर अन्तर्गत लालिगा भीरबाट टिपर नदीमा खसेको स्थानीय व्यापारी दिलबहादुर शाहीले जानकारी दिए ।

टिपरमा करिब ५० जना यात्रु रहेको शाहीले बताए। उनका अनुसार केही यात्रु हाम फालेर नदीमा खसेका थिए । उनीहरुलाई नदीबाट निकालिएको छ । करिब ३० भन्दा हराइरहेको अनुमान गरिएको छ । प्रहरी घटनास्थलतर्फ गइरहेको छ । दुर्घटनाको बिस्तृत विवरण आइसकेको छैन्।
साभार :अन्नपुर्ण पोष्ट

7220
Shares

ट्रेन्डिङ