सबैको समाचार
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • २५० जना थपिए, नेपालमा कोरोना संक्रमितको संख्या ४६२२ पुग्यो

२५० जना थपिए, नेपालमा कोरोना संक्रमितको संख्या ४६२२ पुग्यो

5055
Shares
२५० जना थपिए, नेपालमा कोरोना संक्रमितको संख्या ४६२२ पुग्यो

काठमाडौं, जेठ २९ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या चार हजार ६२२ पुगेको छ ।पछिल्लो २४ घन्टाको अवधिमा २५० जना नयाँ संक्रमित थपिएका जनाइएको छ ।

योसँगै कुल संक्रमितको संख्या ४६ सय २२ पुगेको बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा जानकारी दिइएको हो । नयाँ संक्रमितमा २० जना महिला हुन् ।नेपालमा अहिलेसम्म कोरोनाबाट १५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा आठ महिलासहित १८७ जना उपचारपछि ‘डिस्चार्ज’ भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ८७ महिलासहित ८६१ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । हाल देशभर तीन हजार ७३८ जना ‘आइसोलेसन’मा रहेका छन् । एक लाख ६२ हजार १३ जना ‘क्वारेन्टिन’मा रहेको पनि मन्त्रालयले जनाएको छ ।

5055
Shares

ट्रेन्डिङ