सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राहत माग्न आएकामाथि वडाध्यक्षले गरे खुकुरी प्रहार

राहत माग्न आएकामाथि वडाध्यक्षले गरे खुकुरी प्रहार

11005
Shares
राहत माग्न आएकामाथि वडाध्यक्षले गरे खुकुरी प्रहार

काठमाडौं । राहत माग्न आएकालाई एक वडाध्यक्षले खुकुरी प्रहार गरेका छन् । बुधबार साँझ रोल्पाको रुन्टीगढी गाँउपालिका ९ का वडाध्यक्ष नेपबहादुर थापाले सोही वडाका गुरुप्रसाद थापामाथि खुकुरी प्रहार गरेका हुन् । मजदुर मानसिङ थापासहित त्यहाँ पुगेका आफुहरुले वडा कार्यालयबाट राहत पाउनुपर्ने माग गरेपछि वडाध्यक्षले सुरुमा मानसिङलाई मुक्का प्रहार गरेको र छुटाउन जाँदा आफू माथि वडाध्यक्षले खुकुरी प्रहार गरेको घाइते गुरुप्रसाद थापाले बताउनुभयो ।

गुरुप्रसाद र मानसिङलाई बचाउन जाँदा छिमेकी ग्वाता थापा समेत घाइते हुनुभएको छ । घुँडामा गहिरो चोट लागेका थापाको थापाको अहिले होलेरीस्थित एक निजी क्लिनिकमा उपचार भइरहेको छ । वडाध्यक्ष थापाले मोबाइल फोन समेत खोसेर १५ हजार रुपैयाँमा जबरजस्ती मिलापत्र गर्न बाध्य पारेको पीडितको भनाइ छ ।

मिलापत्र नगरी उपचार गर्न नजानू भनेका थिए’, पीडित थापाले भन्नुभयो, ‘तर गम्भीर चोट लागेकाले उपचार गर्न आएँ ।’
उपचारपछि पीडित थापाले इलाका प्रहरी कार्यालय होलेरीमा उजुरी गर्ने बताएका छन् । वडाध्यक्ष थापा तत्कालिन एमालेबाट निर्वाचित भएका हुन् ।

11005
Shares

ट्रेन्डिङ