सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • घुस लिने लेखापढी व्यवसायी पक्राउ

घुस लिने लेखापढी व्यवसायी पक्राउ

6015
Shares
घुस लिने लेखापढी व्यवसायी पक्राउ

१० असार, काठमाडौं / जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सवारी पास बनाइदिने भन्दै घुस लिने एक जना पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा लेखापढी व्यवसाय गर्ने खेमराज सापकोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार पक्राउ गरेको हो । सापकोटाले सवारी पास बनाइदिने भन्दै सेवाग्राहीबाट ३ हजार रुपैयाँ घुस लिएका थिए ।

उनलाई घुससहित जिल्ला प्रशासन कार्यालय काठमाडौंको नजिकको लेखापढी सेन्टरबाट नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।

6015
Shares

ट्रेन्डिङ