सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • काभ्रेको पाँचखालमा थप दुई जनामा कोरोना पुष्टि

काभ्रेको पाँचखालमा थप दुई जनामा कोरोना पुष्टि

8405
Shares
काभ्रेको पाँचखालमा थप दुई जनामा कोरोना पुष्टि

काभ्रे, १८ असारः काभ्रेको पाँचखाल नगरपालिकामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धुलिखेल अस्पतालमा पिसिआर चेक गर्ने क्रममा दुई जनामा कोरोना पुष्टि भएको पाँचखाल नगरपालिका मेयर महेश खरेलले जानकारी दिए ।

दिल्लीबाट असार २ गते पाँचखाल क्वारेन्टाइनमा आइपुग्नु भएका वडा नम्बर ९ का ३७ बर्षिय पुरुष र साउदीबाट असार ७ गते पाँचखाल क्वारेन्टाइनमा आइपुग्नु भएका वडा नम्बर ६ का ३३ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो ।

संक्रमतिहरुलाई नगरपालिकाले स्थापना गरेको आइसोलेशन कक्षमा राखिएको मेयर खरेलले बताए । नगरको क्वारेन्टाइनमा रहनु भएका २४ जनाको पिसिआर चेक गरिएको थियो । त्यसमध्ये २ जनामा कोरोना संक्रमण देखिएको थियो । पिसिआर चेकको लागि नगरबाट पठाइएको मध्ये अझै ४ जनाको रिपोर्ट आउन बाँकी छ ।

8405
Shares

ट्रेन्डिङ