सबैको समाचार
शनिबार, अशोज १७, २०८३
  • होमपेज
  • एकै दिनमा भेटिए ७४० संक्रमित, कोरोनाबाट मृ’त्यु हुनेको संख्या ३२ पुग्यो

एकै दिनमा भेटिए ७४० संक्रमित, कोरोनाबाट मृ’त्यु हुनेको संख्या ३२ पुग्यो

7010
Shares
एकै दिनमा भेटिए ७४० संक्रमित, कोरोनाबाट मृ’त्यु हुनेको संख्या ३२ पुग्यो

काठमाडौं, असार १९ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृ’त्यु हुनेको संख्या ३२ पुगेको छ । काठमाडौं नयाँ बानेश्वरका उच्च रक्त’चाप र पार्किन्सन्सका ८५ वर्षीय बिरामीको निजी अस्पतालमा १७ गते मृ’त्यु भएको र उक्त बिरामीमा कोरोना पुष्टि भएसंगै मृ’तक ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभयो ।

त्यस्तै कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी ७ सय ४० जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १५ हजार २ सय ५९ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा ८ सय २३ जना अस्पतालबाट डिस्चार्ज भएको जनाइएको छ । योसंगै अहिलेसम्म ६ हजार १ सय ४३ जना डिस्चार्ज भएका छन् ।३५ हजार ४ सय ७२ जना क्वारेन्टिनमा रहेका छन् । ९ हजार ८४ जना आइसोलेसनमा रहेका छन् । अहिलेसम्म दुई लाख ४२ हजार २ सय ४७ वटा पीसीआर परीक्षण भएको छ ।

7010
Shares

ट्रेन्डिङ