सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • ट्र्याक्टर दु’र्घटना हुँदा दुईको मृ’त्यु, पाँच घा’इते

ट्र्याक्टर दु’र्घटना हुँदा दुईको मृ’त्यु, पाँच घा’इते

5425
Shares
ट्र्याक्टर दु’र्घटना हुँदा दुईको मृ’त्यु, पाँच घा’इते

तेह्रथुम, २० असार : तेह्रथुमको आठराई गाउँपालिका–५ छातेढुङ्गाको अकवरे चोकमा ट्र्याक्टर दु’र्घ’टना हुँदा दुई जनाको मृ’त्यु भएको छ भने पाँच जना घा’इते भएको छन् ।

आठराई क्षेत्रमा मध्यपहाडी लोकमार्गमा काम गरिरहेको केजी कम्पनीको मे १ त ६२१९ नम्बरको ट्र्याक्टर शुक्रबार साँझ दु’र्घ’टना हुँदा ५५ वर्षका ललित भुजेलको घ’टनास्थ’लमै र ४० वर्षका श्याम मगरको उपचारका लागि फिदिम लैजाँदै गर्दा बाटोमै मृ’त्यु भएको इलाका प्र’हरीचौकी सक्रान्तिका प्र’हरी निरीक्षक शेशकराम थानदारले बताउनुभयो । दु’र्घटनामा परी घा’इते भएका ह्वाकुका देवी अभिषेक डाँगी, इवाका पदम खवास, पदम इङ्नाम, शैलेस मग्रान्ती र युकेश बराइली रहेका छन् ।

मध्यपहाडी लोकमार्गको ड्रेन बनाउने काम सकेर आठराई गाउँपालिका–६ चुहानडाँडाको बोखिमबाट कामदार दाइ इवाको बरबोटे पु¥याउन जाँदा ट्र्याक्टर अनियन्त्रित भएर दु’र्घटना भएको आठराई गाउँपालिका–५ वडासदस्य दिलकुमार कङदङवाले बताउनुभयो । घा’इतेको उपचार र श’व परीक्षणका लागि स्वास्थ्य कार्यालय फिदिम पठाइएको प्र’हरीले जनाएको छ ।

5425
Shares

ट्रेन्डिङ