सबैको समाचार
आइतवार, बैशाख १४, २०८२
  • होमपेज
  • एमाले चिसापानी–काठमाण्डौँ सम्पर्क मञ्चको शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रम सम्पन्न

एमाले चिसापानी–काठमाण्डौँ सम्पर्क मञ्चको शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रम सम्पन्न

4540
Shares
एमाले चिसापानी–काठमाण्डौँ सम्पर्क मञ्चको शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रम सम्पन्न

काठमाण्डौँ:  नेकपा एमाले मन्थली नगरपालिका ८ चिसापानी–काठमाण्डौँ सम्पर्क मञ्चले विजया दशमी, दीपावली, छठ र नेपाल सम्वत् ११४२ को अवसरमा आज शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ ।

चिसापानी–काठमाण्डौँ सम्पर्क मञ्चका अध्यक्ष श्याम सुन्दर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य रत्न प्रसाद गौतमको प्रमुख आतिथ्यता रहेकोे थियो ।

कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य रत्न प्रसाद गौतमले संस्कार र संस्किृतिको कसरी विकास गर्नुपर्छ भन्ने कुरा कम्युनिष्टहरुलाई राम्रेसंग थाहा भएको र त्यो आज यहाँ आयोजित कार्यक्रममले पुष्टि गरेको बताउनुभयो ।

उहाँले फरक प्रसंगमा देश जनादेशको आधारमा नभई परमादेशको आधारमा चलेको बताउनुभयो । अहिलेको सरकार दलाल पुँजीवादको बाटोमा हिँडेको समेत उहाँले आरोप लगाउनु्भयो ।

गौतमले वर्तमान सरकारले विदेशी दलालहरुसंग सेटिङ गरेर देश चलाएको बताउनुभयो । नेकपा एमाले रामेछापको ईतिहासमा उद्गम स्थल भनेर चिसापानीलाई चिनाउनु पर्नेमा जोड दिनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै चिसापानी–काठमाण्डौँ सम्पर्क मञ्चका अध्यक्ष श्रेष्ठले नेकपा एमालेका कार्यक्रमलाई अगाडी सार्न र सम्पर्क मञ्चलाई दु्रत गतिमा अगाडी बढाउन कोरोना महामारीकै बिचमा पनि स्वास्थ्यका मापदण्डका पालना गरेर कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

उहाँले नेकपा एमाले सारा नेपालीको आस्था र भरोसाको केन्द्र भएको बताएनुभयो । कार्यक्रममा बोल्दै उहाँले शुभ दिपावली र छठ पर्वको अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले मन्थली नगर कमिटिका नवनिर्वाचित सचिव राजु कार्की,,चिसापनी वडा सदस्य कुमार ढुंगेल,वडा कमिटिका अध्यक्ष भुवन श्रेष्ठ लगायतले आफ्नो मन्तव्य तथा शुभकामना राख्नुभएको थियो ।

राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटि सदस्य राजेन्द्र श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा चिसापानी–काठमाण्डौँ सम्पर्क मञ्चका नवगठित सदस्यहरुलाई सपथ ग्रहण समेत गराइएको छ ।

4540
Shares

ट्रेन्डिङ