सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • पोखरामा पहिरोमा परी चार जनाको मृ’त्यु, नौ घा’इते

पोखरामा पहिरोमा परी चार जनाको मृ’त्यु, नौ घा’इते

6470
Shares
पोखरामा पहिरोमा परी चार जनाको मृ’त्यु, नौ घा’इते

कास्की, असार २६: अविरल वर्षाका कारण गएको पहिरोमा परी गए राति पोखराका विभिन्न स्थानमा चार जनाको मृ’त्यु भएको छ भने नौ जना घा’इते भएका छन्। राति अन्दाजी २:४५ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृ’त्यु भएको छ।

सो घटनामा परी घा’इते भएका अन्य छ जनालाई उद्धार गरी मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा लगिएको जिल्ला प्र’हरी कार्यालयका प्रवक्तासमेत रहनुभएका प्र’हरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए। थापाको घरमा बिहीबार परिवारमा जन्मदिन मनाउने कार्यक्रम रहेकाले घरमा कति जना थिए र को थिए भन्ने खुल्न नसकेको उनले बताए। प्र’हरी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए।

त्यसैगरी पोखरा महानगरपालिका–२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घ’टनास्थ’लमै मृ’त्यु भएको प्र’हरीले जनाएको छ। घ’टनामा अन्य मानवीय क्षति नभएपनि तीन वटा बाख्रा पुरिएका छन्। पोखरा–१८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उनकी श्रीमती शान्ति र छोरा सुशान मगर सामान्य घा’इते भएका छन्।

उनीहरुको नमस्ते अस्पतालमा उपचार भइरहेको प्रनाउ हमालले जानकारी दिए। अविरल वर्षासँगै पोखराको रामघाटस्थित सेती नदी थुनिँदा सुकुम्वासी बस्ती डुबानमा परेको र स्थानीयवासीलाई रातिनै माइकिङ गरी अन्यत्र सुरक्षित स्थलमा लगिएको जनाइएको छ।

6470
Shares

ट्रेन्डिङ