सबैको समाचार
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • नक्कली बिरामी बनाएर यात्रु बोक्ने एम्बुलेन्स काभ्रे प्रहरीको नियन्त्रणमा

नक्कली बिरामी बनाएर यात्रु बोक्ने एम्बुलेन्स काभ्रे प्रहरीको नियन्त्रणमा

4320
Shares
नक्कली बिरामी बनाएर यात्रु बोक्ने एम्बुलेन्स काभ्रे प्रहरीको नियन्त्रणमा

काभ्रेपलाञ्चोक, १ साउन : नक्कली बिरामी बनाएर यात्रु बोक्ने एम्बुलेन्स चालक प’क्राउ परेका छन् । प’क्राउ पर्नेमा बा५च ८६३८ नम्बरको एम्बुलेन्सका चालक सर्लाहीको चन्द्र नगर गाउँपालिका–३ बबरगञ्जका ३५ वर्षका जुगतलाल महतो रहेको प्र’हरीले जनाएको छ ।

जिल्ला प्र’हरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार नक्कली बिरामी बनाएर सामाजिक विकास तथा वातावरण संरक्षण सङ्घ बबरगञ्ज सर्लाहीद्वारा सञ्चालित उक्त एम्बुलेन्सका चालक महतोलाई आज बिहान अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पश्चिमी नाका साँगाबाट प्र’क्राउ गरेको छ ।

“काठमाडौँ उपत्यका प्रवेशका क्रममा जाँच गर्दा नक्कली बिरामी बनाएर यात्रु बोकेको पाएपछि एम्बुलेन्सका चालक महतोलाई प’क्राउ गरिएको छ”, जिल्ला प्र’हरी कार्यालय काभ्रेपलाञ्चोकका प्र’हरी नायब उपरीक्षक कुमारविक्रम थापाले भन्नुभयो, “एम्बुलेन्समा चालकसमेत आठ जना सवार थिए ।

सबैलाई सोधपुछ गर्दा कोही पनि बिरामी नभएको पाइएपछि एम्बुलेन्स चालकलाई प’क्रिएको हो ।” चालकबाहेकका यात्रु र एम्बुलेन्सलाई सर्लाहीतर्फनै फर्काएइको उहाँले बताउनुभयो ।

प्रारम्भिक अनुसन्धानका क्रममा महतोले सर्लाहीबाट ती यात्रुलाई काठमाडौँसम्म लगिदिने सर्तमा रु १४ हजार भाडा लिएको खुलेको प्र’हरीले जनाएको छ ।

महतोलाई मुलुकी अपराध संहिता–२०७४ को परिच्छेद–५ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा नैतिकतावि’रु’द्धको कसुरअन्तर्गत दफा ११८ अ’भद्र व्यवहार गर्न नहुने कसुर शीर्षकमा मु’द्दा दर्ता भई आजै जिल्ला प्रशासन कार्यालयबाट म्याद थप भई हिरासतमा राखेर थप अनुसन्धान भइरहको प्र’हरीले जनाएको छ ।

4320
Shares

ट्रेन्डिङ