सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • काभ्रेमा माक्स नलगाउने २ सय ६७ जना कारबाहीमा

काभ्रेमा माक्स नलगाउने २ सय ६७ जना कारबाहीमा

6615
Shares
काभ्रेमा माक्स नलगाउने २ सय ६७ जना कारबाहीमा

काभ्रे : काभ्रे प्रहरीले माक्स नलगाई हिड्ने २ सय ६७ जनालाई कारबाही गरेको छ । जिल्ला कमाण्ड पोष्टले दिएको जानकारी अनुसार जिल्लाको विभिन्न स्थानहरुमा प्रहरीले कारबाही गरेको हो । कारबाही पर्नेमा १ सय ५५ जना पुरुष र १ सय १२ जना महिला रहेका छन् ।

उनीहरुलाई प्रहरीले केहिबेर नियन्त्रणमा लिइ सम्झाई बुझाई छाडेको छ । जिल्ला प्रशासन कार्यालयले एक सुचना जारी गरी घर बाहिर निस्कदा अनिवार्य मास्क लगाउन उर्दी जारी गरेको थियो । यसैगरी काभ्रेका बिभिन्न क्वारेन्टाइनमा आज १ सय ३९ जना रहेका छन् । १ सय १६ जना पुरुष र २३ जना महिला गरी १ सय ३९ जना क्वारेन्टाइरमा रहेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।

सबैभन्दा बढी धुलिखेल नगरपालिकामा १ सय ५२ र सबैभन्दा कम जिल्लाको डाँडापारी क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकामा २४ वेडको क्वारेन्टाइन रहेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ । हालसम्म जिल्लामा २६ सय ६९ जनाको आरडिटी विधि मार्फत कोरोना भाइरसको परीक्षण गरिएकोमा ४० जनाको रिपार्ट पोजेटिभ आएको छ । जिल्लामा भारत बाहेकका तेस्रो मुलुकबाट आउनेको संख्या २ सय ५६ पुगेको छ ।

6615
Shares

ट्रेन्डिङ