सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • पाँचखालका १६ महिने समर्पणलागि आर्थिक सहयोग जुट्दै

पाँचखालका १६ महिने समर्पणलागि आर्थिक सहयोग जुट्दै

5400
Shares
पाँचखालका १६ महिने समर्पणलागि आर्थिक सहयोग जुट्दै

धुलिखेल । आर्थिक अभावमा उपचार गर्न समस्या भोगिरहेका काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ३ का समर्पण दनुवारका लागि अर्थिक संकलन गर्न थालिएको छ । १६ महिने समर्पणको मुत्रथैली अप्रेसनका आर्थिक अभाव भएपछि रकम संकलन गर्न सुरु गरिएको हो ।

शनिबार उपप्रमुख लक्ष्मी दनुवारको अगुवाईमा समाजकल्याण चोकमा आर्थिक संकलन गरिएको छ । आजै मात्रै १ लाख १० हजार ५ सय ४५ रूपैयाँ संकलन भएको छ । रकम संकलनको संयोजन समाजकल्याण युवा क्लब र पाँचखाल उद्योग वाणिज्य संघले गरेको हो ।

रकम संकलन कार्यक्रममा उपप्रमुख दनुवार, वडा नं ३ का सुन्दर अधिकारी, सामाजिक अभियान्ता दिलिप कुमार श्रेष्ठ, समाज कल्याण युवा क्लवका अध्यक्ष मनोज बजगाई, उद्धोग वाणिाज्यका अध्यक्ष राजन कार्की र उपाध्यक्ष दिलबहादुर श्रेष्ठ, वडा नः ६ झिगानपुरका बिकास लामा, सुशिल दनुवार, मनोज दनुवार, रुपक दनुवार, मकुन्द गौतम लगायत विशेष भूमिका निर्वाह गरेका थिए ।

5400
Shares

ट्रेन्डिङ