सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • पनौतीमा भाद्र महिनाबाट पठन पाठन सुरु हुँदै

पनौतीमा भाद्र महिनाबाट पठन पाठन सुरु हुँदै

4205
Shares
पनौतीमा भाद्र महिनाबाट पठन पाठन सुरु  हुँदै

काभ्रे: पनौती नगरपालिकामा भदौ महिनाबाट सामुदायिक तथा संस्थागत विद्यालयहरु सञ्चालनमा आउने भएकोछ । नगरपालिकाले आज एक सुचना जारी गर्दै भदौ महिनाबाट विद्यार्थी भर्ना तथा कक्षा सञ्चालनमा आउने भएकाले विद्यालयलाई आवश्यक तयारी गरिराख्नको लागि नगरपालिकाले अनुरोध गरेकोछ ।

साउन ७ गते देखी बन्दाबन्दि खुल्ला भएसँगै पठनपाठन अघि बढाउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईले बताउनुभयो । कतिपय विद्यालयले यस अघिनै न्युनतम आवश्यक कागजात विना नै भर्नाको प्रक्रिया अघि बढाएकाले नियमानुसारको प्रक्रिया पुरा गरि भर्ना गर्नको लागि समेत सुचनामा अनुरोध गरिएकोछ ।

यसैबीचपनौती नगरपालिकाले नगरपालिका भित्रका सबै सहकारीको विवरण माग गरेकोछ । नगरपालिका भित्रका सहकारी संस्थाको एकीकृत विवरण तयार पार्नको लागि विवरण माग गरिएको वरिष्ठ प्रशासकीय अधिकृत अधिकृत इन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो । नगरपालिकाले साउन १४ गते भित्र नगरपालिकामा प्रमुख कार्यलय भइ सञ्चालनका रहेका सबै सहकारीलाई पछिल्लो आर्थिक बर्षको विवरण नगरपालिकाको सहकारी शाखामा दिन वा इमेल गर्नको लागि अनुरोध गरेकोछ ।

4205
Shares

ट्रेन्डिङ