सबैको समाचार
बुधबार, असार ३१, २०८३
  • होमपेज
  • राखेप सदस्य सचिव सिलवाल नियुक्तीे वि’वादः सर्वोच्चद्धारा कारण देखाउ आदेश जारी

राखेप सदस्य सचिव सिलवाल नियुक्तीे वि’वादः सर्वोच्चद्धारा कारण देखाउ आदेश जारी

11540
Shares
राखेप सदस्य सचिव सिलवाल नियुक्तीे वि’वादः सर्वोच्चद्धारा कारण देखाउ आदेश जारी

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा रमेश कुमार सिलवाललाई नियुक्त गर्ने सरकारको निर्णयमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
सर्वोच्चका न्यायाधिश आनन्द मोहन भट्टराईको एकल ईजलासले राखेपको सदस्य सचिवमा सिलवाललाई नियुक्त गर्ने निर्णयमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र युवा तथा खेलकुद मन्त्रालयका नाममा आदेश जारी गरेको हो सदस्य सचिवका आकांक्षी एवं पूर्व खेलाडी तथा प्रशिक्षक टीकादत्त दाहालले सिलवाल नियुक्तिको निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

सदस्य सचिवका आकांक्षी दाहालले राखेप र मन्त्रालयद्धारा गठित सदस्य सचिव सिफारिस समितिलाई विपक्षी बनाई रिट दायर गर्नुभएको थियो । उहाँले देशभरका मानिसले थाहा नपाउने गरी मन्त्रालयले वेबसाईटमा ७ दिने सुचना प्रकाशित गरेको र अन्य सञ्चार माध्यममार्फत सुचना नदिएर छनोट प्रक्रिया मिचेको दाबी गर्दै रिट दायर गर्नुभएको हो । सरकारको कदमले सदस्य सचिवमा आवेदन दिन इच्छुक हजारौं योग्य नेपाली नागरिकहरु समयमै सही सूचनाबाट वञ्चित भएको रिट निवेदकको ठहर छ ।

11540
Shares

ट्रेन्डिङ