सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • रञ्जिता जस्तै कतिले अकालमै ज्या’न गु’माउनु पर्ने हो काभ्रेको डाँडापारीमा ?

रञ्जिता जस्तै कतिले अकालमै ज्या’न गु’माउनु पर्ने हो काभ्रेको डाँडापारीमा ?

धा'मी झाँ'क्रीको भरपर्दा रञ्जिताको ज्या'न गयो

10330
Shares
रञ्जिता जस्तै कतिले अकालमै ज्या’न गु’माउनु पर्ने हो काभ्रेको डाँडापारीमा ?

काभ्रे, १४ साउनः मंगलबार दिउँसो १२ बजेर ३९ मिनेट जाँदा खानीखोला गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष मान बहादुर गोलेले सामाजिक सञ्जालमा आकाशमा उड्दै गरेको हेलिकप्टरको तस्बिर राखेर लेखे, ‘खानिखोला ६ सतभैयामा कामी सिङ थोकरको छोरी रन्जिता थोकर ३ दिन देखि झा’डा’पखा’लाका कारण हाल बेहोस अबस्थामा रहेको र स्थानीय स्वास्थ्य चौकिमा उपचार सम्भब नभएकाले उपचारको लागि काठमाडौ ल्याउदै ।’

तर उनै वडाध्यक्षले ३ बजेर ३५ मिनेट जाँदा अर्का स्टाटस लेखे ‘कति कोशिश गरे ब’चा’उन सकिन रन्जिता नातिनी तिमिलाइ हार्दिक श्र’द्धा’ञ्जली । प्राप्त विवरणहरु अनुसार रञ्जिता तीन दिन देखि झा’डा’प’खलाबाट ग्र’सित थिइन् । सम्भवतः जनप्रतिनिधि र स्वास्थ्य कर्मीले थाहा पाएको तीन दिन भएको हुनुपर्छ । तर रञ्जिता त्यो भन्दा अघि देखिनै बि’रामी भएको आ’शं’का गरिएको छ ।

१७ बर्षीय रञ्जिता वडा नम्बर ६ मै रहेको शारदा माध्यामिक विद्यालयको कक्षा ९ बाट उर्तीण भएर १० मा भर्ना भएकी थिइन् । उनका साथीहरुका अनुसार रञ्जिता लगनशील र मेहेनती छात्रा भित्रै प’र्थिन । रञ्जिताको अवस्था थप ज’टि’ल बन्दै गएको र गाउँमा उ’प’चार सम्भव नभएपछि गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खुलालले हेलिकप्टरको पठाइदिन जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएका थिए । लगत्तै प्रशासन कार्यालय गृह मन्त्रालयलाई आग्रह गरेर हेलिकप्टर गाउँ पुगेको थियो । तर हेलिकप्टरले रञ्जितालाई नलिइ फर्कियो ।

डाँडापारीको खानीखोला र महाभारत गाउँपालिकामा सयमै उ’पचार नपाएर अ’का’लमै मर्नुपर्ने घ’टना यो पहिलो र नयाँ होइन । त्यस क्षेत्रमा भरपर्दो अस्पताल छैन् । पैदल मार्गबाट अस्पताल ल्याउन सडकको राम्रो ब्यवस्था छैन् । स्थानीय तहमा जनप्रनिधि निर्वाचित भएपछि सडकको ट्याक खोल्ने काम त गरेका छन् । बर्खा याम सुरु हुने वित्तिकै बन्द हुन्छन् ।

धा’मी झाँ’क्रीको भरपर्दा रञ्जिताको ज्या’न गयो ?
जानकारहरुका अनुसार डाँडापारी क्षेत्रमा धामी झाँ’क्री माथिको वि’श्वास ब्या’प्त छ । त्यसको सि’का’र रञ्जिता भइन् । वडा नम्बर ६ का वडाध्यक्षले सामाजिक सञ्जालमा लेखेको कुराबाटै थाहा हुन्छ कि उनी बेहास भएपछि मात्रै जनप्रतिनिधि र स्वास्थ्य कर्मीले थाहा पाए ।

२०४५ सालदेखि स्वास्थ्य चौकीमा कार्यरत रहेर अहिले गाउँपालिकाको स्वास्थ्य संयोजकको जिम्मेवारी सम्हालेका रामपुकार यादवले पनि धेरै जसो स्थानीय अझै पनि धा’मी झाँ’क्रीकै वि’श्वास गर्ने गरेको बताए । ‘यो क्षेत्रमा एक घर, एक धा’मी झाँ’क्री जस्तै छन् उनले भने ‘पहिलेको हेरि त अहिले अवस्था धेरै सुध्रिएको हो, रञ्जिताको मृ’त्युको पछि पनि कुनै न कुनै हिसाबले धा’मी झाँ’क्रीमा वि’श्वास गर्नु र समयमै स्वास्थ्य चौकी नपुर्याएको देखिन्छ ।’

10330
Shares

ट्रेन्डिङ