सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सुनको भाउमा अर्को रेकर्ड, चाँदीको भाउ थोरै घट्यो

सुनको भाउमा अर्को रेकर्ड, चाँदीको भाउ थोरै घट्यो

8135
Shares
सुनको भाउमा अर्को रेकर्ड, चाँदीको भाउ थोरै घट्यो

काठमाण्डौ : सुनको भाउले आज फेरि रेकर्ड बनाएको छ । आज तोलामा ३ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९८ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घकाअनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज प्रति औंस ८ डलरले बढेको छ ।

आज सुन प्रति औंस १९ सय ५२ डलरमा कारोबार भएको छ । एक औंसमा दुई तोला साढे ६६ लाल सुन हुन्छ । सुनको भाउ बढे पनि चाँदी भने आज तोलामा २० रुपैयाँ घटेको छ । चाँदी आज तोलाको १२ सय २५ रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

8135
Shares

ट्रेन्डिङ