सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • काभ्रेको पनौतीमा खानेपानीको चरम समस्या, ट्याङ्कर बाट पानी वितरण गरिदै

काभ्रेको पनौतीमा खानेपानीको चरम समस्या, ट्याङ्कर बाट पानी वितरण गरिदै

7155
Shares
काभ्रेको पनौतीमा खानेपानीको चरम समस्या, ट्याङ्कर बाट पानी वितरण  गरिदै

काभ्रे : काभ्रेको पनौती बजारमा खानेपानीको पानीको चरम समस्या भएको छ । वर्षाकाकारण पानीको मुहान अबरुद्ध भएकाले पनौती बजारमा पानीको समस्या भएको नगरप्रमुख भिम प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

बिगत नौ दिन देखि बजार क्षेत्रका पानीआएको छैन । पानीको अभाव हुन थाले पछि नगरपालिकाले ट्याङ्कर मार्फत स्थानीयलाई पानी बितरण गरिरहेको छ । बजार क्षेत्रका करिब पाँच सय घरमापानी नआएपछी ट्याङ्कर मार्फत स्थानीयलाई पानी बितरण गरिएको नगर प्रमुख न्यौपानेले बताउनुभयो । यस्तै काभ्रे भ्याली बृहत खानेपाली आयोजाना बाट पनौती बजारमा पानी ल्याईने पाईप बाढीले अबरुद्ध बनाएको छ ।

खानेपानीको नियमित गर्नको लागि मर्मत सम्भारको काम भईरहेको उहाँले बताउनुभयो । केही दिनमै मर्मत कार्य सम्पन्न गर्ने र नियमीत पानी आउने नगरपालीकाले जनाएको छ । नगरपालिकाको अन्य वडाहरुमा समेत खानेपानीका मुहानहरु अबरुद्ध हुदा समस्या भएको स्थानीयले गुनासो गरेका छन् ।

7155
Shares

ट्रेन्डिङ