सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नेपाली सांगितिक आकासमा उदाउँदै गायक रमण थामी

नेपाली सांगितिक आकासमा उदाउँदै गायक रमण थामी

7435
Shares
नेपाली सांगितिक आकासमा उदाउँदै गायक रमण थामी

काठमाण्डौं / नेपाली सांगितिक आकासमा उदाउँदै गरेका गायक रमण थामीको स्वरमा सजिएको लस्स लस्स वोलको म्यूजिक भिडियो रिलिज भएको छ । भिमफेदी गाईज युट्यव च्यानलबाट शुक्रवार उक्त म्यूजिक भिडियो सार्बजानिक गरिएको हो । लस्स लस्स म्युजिकमा अग्रज कलाकार केशवराज चौलागाईको शव्द र संगित रहेको छ । म्युजिक भिडियोमा नेपालको परम्परागत जिवनशैली र मायाप्रेमलाई उजागार गर्न खोजिएको छ । नेपालको प्रतिष्ठित डान्स क्रु (भिमफेदी) गाईजको संयोजनमा म्युजिक भिडियो बजार ल्याईएको हो ।

म्यूजिक भिडियो सार्वजानिक भएपछि गायक रमण थामीले निकै मिहिनेतका साथ राम्रो गर्ने प्रयास गरिएकाले दर्शक स्रोताको साथ सहयोग र माया पाउने विस्वास गरेका छन् । यो गितको अडियो सार्वजानिक यसअघिनै सार्वजानिक भैसकेको छ । निकै चर्चा पाईसकेको गितको म्युजिक भिडियोपनि दर्शक स्रोतमाझ लोकप्रिय हुने विस्वास गरिएको छ । कालिञ्चोक लोकतारा भैसकेका गायक रमणले यो सहित दर्जनौं गितहरु गाईसकेका छन् ।

म्युजिक भिडियोमा (भिमफेदी गाईज) निर्मल कुमार लामा, मञ्जित वाईबा, अञ्जन मोक्तान, सविन ग्लोर, ऋतु श्रेष्ठ, बुद्ध घिसिंग, मनिस वार्ईबा, कमल धामी, एलिना राना, स्मि डंगोल, लगायतका कलाकारहरुले अभिनय गरेका छन् । काठमाण्डौं स्थित त्रित्राल स्टुडियोमा रेकर्ड गरिएको गितको एरेन्जर सुन्दर लामा हुन् ।

7435
Shares

ट्रेन्डिङ