सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • तत्काल विद्यालय संञ्चालन नगर्न काभ्रेको सबै स्थानीय तहलाई अनुरोध

तत्काल विद्यालय संञ्चालन नगर्न काभ्रेको सबै स्थानीय तहलाई अनुरोध

7025
Shares
तत्काल विद्यालय संञ्चालन नगर्न काभ्रेको सबै स्थानीय तहलाई अनुरोध

काभ्रे : काभ्रेको सबै स्थानीय तहहरुलाई तत्काल विद्यालय संञ्चालन नगर्र्न शिक्षा बिकास तथा समन्वय ईकाईले अनुरोध गरेको छ । भदौ १ गतेदेखी नयाँ विद्यार्थी भर्ना गर्ने र भर्ना भएका विद्यार्थीको शिक्षण सिकाई सुरु गर्ने सरकारको निर्णय भएपनि जिल्लाका कतिपय समुदायीक तथा संस्थागत विद्यालयहरुले कक्षा संञ्चालन गरिरहेको पाईएकाले बन्द गर्न शिक्षा बिकास तथा समन्वय ईकाई काभ्रेका निमित्त ईकाई प्रमुख सुरेन्द्र प्रसाद भट्टले अनुरोध गर्नुभएको छ ।

उहाँका अनुसार कोभिड १९ को संक्रमण अझै कायमै रहेकाले विद्यालयमा संञ्चालन गरिएको शिक्षण सिकाई क्रियाकलाप बन्द गर्न अनुरोध गरिएको हो । सरकार बाट अर्को निर्णय नभए सम्मका लागी विद्यालयहरुले कक्षा संञ्चालन नगर्न सबै स्थानीय तहहरुलाई निर्देशन गरि कार्यन्वयन गर्न भनिएको निमित्त ईकाई प्रमुख भट्टले बताउनुभयो ।

विद्यालयहरुले कक्षा संञ्चालन नगरे पनि बैकल्पीक प्रणाली बाट विद्यार्थीको सिकाईलाई सहजिकरण गर्न सकिने उहाँको भनाई छ । जिल्लाका सबै सामुदायीक तथा संस्थागत विद्यालयहरुलाई निर्देशन कार्यन्वयन गरी सहयोग गर्न समेत शिक्षा बिकास तथा समन्वय ईकाईले अनुरोध गरेको छ ।

7025
Shares

ट्रेन्डिङ