सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • शान भुसालको ‘अलि अलि’ बोलको गीत सार्वजनिक (भिडियो )

शान भुसालको ‘अलि अलि’ बोलको गीत सार्वजनिक (भिडियो )

5360
Shares

काठमाडौं : गायक तथा संगीतकार शान भुसालको अलि अलि बोलको गीत सार्वजनिक भएको छ । भिडियोमा स्वस्तिमा खड्का र आकाश श्रेष्ठको अभिनय रहेको छ । २०६० सालदेखि संगीतलाई निरन्तरता दिइरहेका संगीतकार शान भुसालले राजनीति सिनेमाबाट आफ्नो सांगितिक यात्रा अगाडि बढाएका हुन् ।

हाल देश बाहिर रहेका शान भुसालले आफ्नो सांगितिक यात्रा जारी राखेका छन् । भुषालका यसअघि थोरै सास, भाग्य, म तिमीलगायतका गीत सार्वजनिक भईसकेका छन् । फरक प्याटर्नका गीत सिर्जना गर्न रुचाउने शानले प्रायः आफैं शब्द लेख्ने गर्छन् । भर्खरै सार्वजनिक भएको अलि अलि बोलको गीतमा शब्द, संगीत स्वयंको छ भने गायिकामा शानलाई सुनिता कार्कीले साथ दिएकी छन् ।

सनीर को एरेन्जमेन्ट रहेको उक्त गीतमा कृष्णमान महर्जनको मिक्सिङ रहेको छ । भिडियो उत्सव दाहालले खिचेका हुन् भने रोशन लामाको निर्देशन रहेको छ । सम्पादन विकास दाहालको रहेको छ ।
हेर्नुहोस् भिडियो :

5360
Shares

ट्रेन्डिङ