सबैको समाचार
आइतवार, असार १६, २०८१
  • होमपेज
  • आमाको हत्या गर्ने छोरा पक्राउ

आमाको हत्या गर्ने छोरा पक्राउ

105
Shares
आमाको हत्या गर्ने छोरा पक्राउ

काठमाडौं । भोजपुरमा आमाको हत्या गरेको आरोप छोरा पक्राउ परेका छन् ।

६८ वर्षीया आमा निरकुमारी तामाङलाई हत्या गरेको आरोपमा अरूण गाउँपालिका-४ ल्याङडाँडा चरम्बीका ३४ वर्षीय मिलन तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

मिलनलाई आइतबार साँझ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अरूणले खुर्पा प्रहार गरी निरकुमारीको हत्या गरेको सूचनाको आधारमा चरम्बीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

105
Shares

ट्रेन्डिङ