सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • काभ्रेको बनेपा जुनसुकै बेला कोरोनाको ‘हटस्पोट’ बन्ने ख’तरा

काभ्रेको बनेपा जुनसुकै बेला कोरोनाको ‘हटस्पोट’ बन्ने ख’तरा

27945
Shares
काभ्रेको बनेपा जुनसुकै बेला कोरोनाको ‘हटस्पोट’ बन्ने ख’तरा

काभ्रे : पूर्ण लकडाउन हुदाँ समेत बेवास्था भइरहेको काभ्रेको ब्यापारिक क्षेत्र बनेपामा एक पछि अर्को कोरोना संक्रमित देखिन थालेका छन् । पछिल्लो दुई दिनमा दुई प्र’हरी सहित ३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

तर सावधानी भने कत्ति पनि अपनाइएको पाइदैन् । तराईका जिल्लाबाट विभिन्न पेसा ब्यवसाय गर्न बनेपा आउनेको संख्या लकडाउन अघिको जस्तै भइसकेको छ । उनीहरुको स्वास्थ्य परीक्षण गरिएको छैन् । बुधबार मात्रै जनागलको ग्यारेजमा काम गर्ने एक युवामा कोरोना संक्रमण पुष्टि भयो । उनको घर बारा जिल्ला हो ।

२० बर्षीय ती युवामा कोरोना संक्रमण भएको जानकारी जिल्लामा स्वास्थ्य सेवा विभाग टेकुले पठाएको हो । ईमेल मार्फत पाएको जानकारी लगत्तै प्र’हरी र स्वास्थ्य कर्मीको टोलीले उनलाई राती नै धुलिखेल अस्पतालको ओइसोलेसनमा ल्याएर राखेको छ । ती युवाको सम्पर्कमा पुगेकाहरुको खोजी गर्न ढिलाई गरियो भने समुदायमा कोरोना प्रवेश गर्नेमा दुई मत छैन् ।

लकडाउन खुकुलो भएसँगै तराईका जिल्लाबाट फलफूल बेच्ने, सैलुन चलाउने देखि कवाडी सामान उठाउने कामका लागि आउनेको संख्या ह्वात्तै बढेको छ । कतिपय त भारतबाट समेत यो काम गर्न आइपुगेको स्थानीयहरुले बताउने गरेका छन् । उनीहरु आएकै दिनबाट नियमित काममा लागिरहेका छन् ।

तराईबाट कामका लागि बनेपा आउनेलाई होम क्वारेटाइनमा १४ दिनसम्म राख्ने कुरामा बनेपा नगरपालिकाका पुरै असफल भएको छ । उसले कुनै पनि चासो देखाएको पाइदैँन् । त्यस्तै जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रले पनि खास ध्यान नदिएको गुनासो ब्यापक बनेको छ । यसरी सरोकारवाला निकायले चासो नदिने र कोरोना प्रभावित जिल्लाबाट आएकाहरुले बिना कुनै सावधानी सार्वजनिक स्थलहरुमा काम गर्दा बनेपा कोरोना संक्रमणको ‘हटस्पोट’ बन्ने भन्दै चिन्ता ब्यक्त हुन थालेको छ ।

समुदायमा पुग्नसक्छ कोरोना
गाडी चल्न थालेपछि गाउँबाट किनमेलका लागि मानिसहरु बनेपा आउन थालेका छन् । उनीहरुको सिधा सम्पर्क कोरोना बढी प्रभावित जिल्लाबाट आएका ब्यक्तिहरुसँग हुने गरेको छ ।

यसले गाउँसम्म कोरोनाको भाइरस छिट्टो पुग्न मद्दत मिल्नेछ । लकडाउन खुकुलो भएपछि अरनिको र बीपी राजमार्गमा सवारी साधनको संख्या पनि ह्वात्तै बढेको छ । ठूला सार्वजनिक बस मार्फत आएका यात्रु साँगामै ओर्लिएर भक्तपुरको नलिञ्चोकसम्म हिड्दै अर्को गाडी चढ्न पुग्छन् । साँगा क्षेत्र थप जोखिममा छ ।

सरकारले एकजिल्लाभित्र मात्रै सार्वजनिक गाडी खुल्ला गरेपनि सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली लगायतका जिल्लाबाट ठूला बस समेत यात्रु लिएर साँगासम्म पुग्ने गरेका छन् । काभ्रे जिल्लाभित्रै चल्ने सार्वजनिक सवारी साधनमा स्वास्थ्य सुरक्षाका उपाय कत्ति पनि पालना गरेको पाइदैन् । यसको अनुगमन पनि भएको छैन् । कारबाहीको कुरा त धेरै पर नै भयो ।

27945
Shares

ट्रेन्डिङ