सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काभ्रेमा कोरोना भाइरस समुदायमा प्रवेश

काभ्रेमा कोरोना भाइरस समुदायमा प्रवेश

7675
Shares
काभ्रेमा कोरोना भाइरस समुदायमा प्रवेश

धुलिखेल, २९ साउनः विश्यब्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस काभ्रेमा समुदाय स्तरमा प्रवेश गरेको छ । दुई वटा राष्ट्रिय राजमार्गले छोएको जिल्लामा लामो समयसम्म संक्रमितको संख्या स्थित थियो ।

तर लकडाउन खुकुलो भएसँगै स्रोत बिनाको संक्रमण समुदाय स्तरमा देखिन थालेको हो । लकडाउन खुकुलो भएपछि जिल्लामा कोरोना संक्रमण नियन्त्रण गर्न ठोस कार्य योजना पनि बनेको छैन् । जसको कारण संक्रमितको संख्या दिनदिनै बढि रहेको छ ।

काभ्रेमा हालसम्म संक्रमितको संख्या ६२ पुगेको छ । जसमा २० जना प्रहरी, २ जना स्वास्थ्यकर्मी भने एकजना जनप्रतिनिधि रहेका छन् । त्यस्तै २२ जना बैदेशिक रोजगारबाट फर्किएका र १८ जना अन्य सर्वसाधरण रहेका छन् ।

लकडाउन सुरु भएपछि विभिन्न पेसा, ब्यवसाय गर्ने सबै आफ्नो थकथलो गएका थिए । खुकुलो भएसँगै उनीहरु पुनः पहिलेकै पेसा ब्यवसायमा फर्किएका छन् । उनीहरुको कुनै पनि स्वास्थ्य परीक्षण गरिएको छ । घरबेटीले पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगरेको पाइएको छ ।

तराई तथा धेरै संक्रमित भएको जिल्लाबाट आएका उनीहरु बिना स्वास्थ्य परीक्षण निर्वाध रुपमा पेसा ब्यवसाय सञ्चालन गरिरहेका छन् । उनीहरु मार्फत गाउँसम्म कोरोना भाइरस पुग्न सजिलो भएको छ । स्थानीय तहरुले उचित सावधानी अपनाउन आफ्ना नागरिकलाई भनेको छैनन् ।

7675
Shares

ट्रेन्डिङ