सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रेमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

काभ्रेमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

6625
Shares
काभ्रेमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

धुलिखेल, ३ भदौँः काभ्रेमा मंगलबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा कोरोना भाइरसको संक्रमणबाट मृ’त्यु भएका परिवारका सदस्य पनि रहेका छन् ।

थपिएका संक्रमितहरुमा धुलिखेल नगरपालिका वडा नम्बर ७ का ५० र ७० बर्षीय महिला, ७२ र ५४ बर्षीय पुरुष छन् । त्यस्तै धुलिखेल नगरपालिका वडा नम्बर ६ का ४२ र ३५ बर्षीय महिला रहेका छन् । धुलिखेल नगरपालिका वडा नम्बर ५ का ६८ बर्षीय महिला पनि संक्रमित भएको बताइएको छ ।

त्यसैगरी धुलिखेल अस्पस्ताका ६ जना चिकित्सक तथा कर्मचारी पनि संक्रमित भएका छन् । संक्रमित हुनेमा २८ र ३२ बर्षीय पुरुष छन् । त्यस्तै ३२, २६, २१ र २६ बर्षीय महिला रहेका छन् ।

6625
Shares

ट्रेन्डिङ