सबैको समाचार
शुक्रबार, साउन १५, २०८३
  • होमपेज
  • ट्रम्पविरुद्ध टिकटकले सुरु गर्‍यो कानूनी लडाईँ

ट्रम्पविरुद्ध टिकटकले सुरु गर्‍यो कानूनी लडाईँ

6380
Shares
ट्रम्पविरुद्ध टिकटकले सुरु गर्‍यो कानूनी लडाईँ

काठमाडौं, ७ भदाै । चिनियाँ भिडियो एप्लिकेशन टिकटकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको प्रतिबन्ध विरुद्ध कानूनी प्रक्रिया सुरु गरेको छ। ट्रम्पले जारी गरेको कार्यकारी आदेश अनुसार आउँदो सेप्टेम्बरको मध्यपछि टिकटकको स्वामित्व संस्था बाइटडान्ससँगको कारोबार प्रतिबन्धित हुने छ। मध्य सेप्टेम्बर भन्दा अघि नै अमेरिकामा टिकटकको सञ्चालन अधिकारी अमेरिकी कम्पनीलाई प्रदान गर्नु पर्ने दबाब छ।

टिकटकले अमेरिकी प्रयोगकर्ताहरुको व्यक्तिगत विवरण चीन सरकारलाई प्रदान गर्न सक्ने भन्दै वासिङ्गटनले चिन्ता व्यक्त गर्ने गरेको छ। बाइटडान्सले भने सो कुरा अस्वीकार गर्दै आएको छ। अमेरिकामा टिकटकका ८ करोड सक्रिय प्रयोगकर्ता छन्।

कानूनी शासनको कार्यान्वयनका लागि ट्रम्पको कार्यकारी आदेशलाई न्यायीक प्रणालीमा चुनौति दिइएको बाइटडान्सका प्रवक्ताले बताएको बिबिसीले उल्लेख गरेको छ। कानूनी प्रक्रिया यहि हप्ता नै सुरु हुने अपेक्षा रहेको टिकटकले जनाएको छ । शुक्रबार चिनियाँ–अमेरिकीहरुको समूहले वीच्याटमाथि प्रतिबन्ध लगाउने ट्रम्पको आदेशविरुद्ध पनि मुद्दा दायर गरेका थिए ।

6380
Shares

ट्रेन्डिङ