सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • मुख्य ब्यापारिक केन्द्र बनेपामा चाडपर्व लक्षित बजार अनुगमन

मुख्य ब्यापारिक केन्द्र बनेपामा चाडपर्व लक्षित बजार अनुगमन

5370
Shares
मुख्य ब्यापारिक केन्द्र बनेपामा चाडपर्व लक्षित बजार अनुगमन

काभ्रे जिल्लाको मुख्य ब्यापारिक केन्द्र बनेपामा बजार अनुगमन गरिएको छ । नेपालीहरुको महान चाड दशै तिहार तथा छठ पर्वमा हुने ठगी तथा कालोबजारी न्यूनिकरण गर्न अनुगमन गरिएको हो ।

सहायक जिल्ला अधिकारी अमरदिप सुनुवार नेतृत्वको अनुगमन टोलीले किनमेल बढी हुने यो समयमा दशै तिहार लक्षित अनुगमन गरिएको हो । यस अघि अनुगमन टोलीले हिजो पनौतीमा बजार अनुगमन गरेको थियो ।

टोलीले म्याद नाघेका केहि सामाग्री बरामद गरेर नष्ट गरेको थियो । अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख केशव पुडासैनी, जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडा, ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख राजन कोईराला, काभ्रे उद्योग वाणिज्य संघका महासचिव रविन्द्र बैदार, कोषाध्यक्ष रजित पलाञ्चोके लगायत सहभागी थिए ।

5370
Shares

ट्रेन्डिङ