सबैको समाचार
बुधबार, मंसिर २६, २०८१
  • होमपेज
  • काभ्रेका १३ वटा स्थानीयतहको स्वाब दुई वटा प्रयोगशालाबाट गरिने

काभ्रेका १३ वटा स्थानीयतहको स्वाब दुई वटा प्रयोगशालाबाट गरिने

6105
Shares
काभ्रेका १३ वटा स्थानीयतहको स्वाब दुई वटा प्रयोगशालाबाट गरिने

काभ्रे : काभ्रेको १३ वटा स्थानीयतहको स्वाब दुई वटा प्रयोगशाला बाट गरिने भएको छ । जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र (डिसीसीएमसी) को आज बसेको बैठकले दुईवटा पालिका लागि प्रयोगशाला छुट्याएको हो ।

धुलिखेल अस्पतालको प्रयोगशालामा पनौती, पाँचखाल र मण्डनदेउपुर नगरपालिका तथा भुम्लु रोशी, तेमाल र बेथानचोक गाउँपालिकाबाट संकलन गरिएको स्वाब परीक्षण गरिनेछ ।

त्यसैगरी जनस्वास्थ्य प्रयोगशालामा बनेपा, धुलिखेल र नमोबुद्ध नगरपालिका तथा चौरीदेउराली, खानीखोला र महाभारत गाउँपालिकाबाट संकलन गरिएका स्वाब परीक्षण हुने स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो । प्रयोगशाला निर्धारण गरेपछि स्वाब संकलनका आधारमा जुन प्रयोगशालामा कम छ त्यसैमा गर्ने निर्णय पनि डिसीसीएमसीले गरेको छ ।

6105
Shares

ट्रेन्डिङ