सबैको समाचार
बिहिबार, भदौ २५, २०८३
  • होमपेज
  • संक्रमणदर उकालो लाग्दै, काठमाडौं उपत्यकामा प्रत्येक घण्टा १० जनालाई संक्रमण

संक्रमणदर उकालो लाग्दै, काठमाडौं उपत्यकामा प्रत्येक घण्टा १० जनालाई संक्रमण

5485
Shares
संक्रमणदर उकालो लाग्दै, काठमाडौं उपत्यकामा प्रत्येक घण्टा १० जनालाई संक्रमण

काठमाडौं, १२ भदाै । नेपालमा कोरोना भाइरस संक्रमणदर तीव्र रुपमा फैलिने क्रम बढेको छ । बिहीबार एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै १ हजार १ सय ११ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या ३५ हजार ५ सय पुगेको छ ।

संक्रमणको दृष्टिकोणले काठमाडौं उपत्यका थप जोखिममा छ । निषेधाज्ञाको बेला काठमाडौं उपत्यकामा दैनिक झण्डै २ सय जना संक्रमित थपिने गरेका छन् ।

पछिल्लो एक सातालाई आधार मान्दै काठमाडौं उपत्यकाभित्र प्रत्येक एक घण्टामा १० जनामा कोरोना संक्रमण देखिएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

5485
Shares

ट्रेन्डिङ