सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • पोते पासो हुनेछ, सिन्दुर आउनेछ काल बनेर (गजल )

पोते पासो हुनेछ, सिन्दुर आउनेछ काल बनेर (गजल )

27580
Shares
पोते पासो हुनेछ, सिन्दुर  आउनेछ  काल  बनेर (गजल )

अब बग्दैनन् आँसु,आँखामै जम्छन्,ताल बनेर
मुटु ढुङ्गा भएको छ,म निस्केको छु,पर्खाल बनेर

परिवार छैन,बाआमाको ठेगान नभएकाहरुकै
जिन्दगी उभिन्छ, समाजका निम्ति सवाल बनेर

जति सहनेछौ,त्यति हेपिनेछौ साथी,याद राख
आइलाग्ने माथी जाइलाग्नुपर्छ अरिङ्गाल बनेर

माइतीबाट डोली उठ्दा यो कुरा सोचिनन् उनलेे
पोते पासो हुनेछ, सिन्दुर आउनेछ काल बनेर

आगो ताप्नुस्, क्रान्तिको उज्यालो छर्नुस,महोदय
गरिब, निमुखाहरु बलिरहनेछन्, पराल बनेर

लेखक :- अनिता धिताल

 

27580
Shares

ट्रेन्डिङ