सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • भारतीय प्रधानमन्त्री मोदीको ट्वीटर एकाउन्ट ह्याक

भारतीय प्रधानमन्त्री मोदीको ट्वीटर एकाउन्ट ह्याक

5030
Shares
भारतीय प्रधानमन्त्री मोदीको ट्वीटर एकाउन्ट ह्याक

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत ट्वीटर एकाउन्ट ह्याक भएको पुष्टि भएको छ। मोदीको एकाउन्टबाट राहत कोषमा क्रिप्टोकरेन्सी मार्फत सहयोग गर्न आग्रह गर्दै लगातार ट्वीट भएका थिए ।

मोदीको ट्वीटरले एकाउन्ट ह्याक भएको बारे जानकारी भएको र त्यसलाई सुरक्षित गर्नका लागि आवश्यक कदम चालिएको ट्वीटरले आइतबार नै पुष्टि गरेको रोयटर्सले जनाएको छ । मोदीको एकाउन्ट ह्याक भएको सम्बन्धमा अनुसन्धान जारी रहेको ट्वीटरकी प्रवक्ताले बताएकी छन् ।

प्रधानमन्त्री राष्ट्रिय राहत कोषमा क्रिप्टोकरेन्सी मार्फत सहयोग प्रदान गर्न अपिल गरिएका ट्वीटहरु अहिले हटाइएको छ । यसअघि जुलाईमा अमेरिकाका प्रतिष्ठित व्यक्तिहरूको ट्वीटर एकाउन्ट ह्याक भएको थियो । राष्ट्रपति उम्मेदवार जो बाइडेन, पूर्वराष्ट्रपति बाराक ओबामा तथा टेस्लाका संस्थापक एलन मस्कसहितको एकाउन्टमा पनि यस्तै प्रकारको आक्रमण भएको थियो।

5030
Shares

ट्रेन्डिङ